इटहरी । मोरगंको लेटागंमा आयोजित एक कार्यक्रमका सहभागीहरुले २१औं शताब्दीमा पनि बालविवाह हुने क्रम जारी रहनु भनेको लाजमर्दाे अवस्था भएको टिप्पणी गरेका छन ।
पहाडि ग्रामिण विकास संस्था हर्डन उत्तरी मोरगं र सामुदायिक विकास मञ्च नेपाल नामक गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका सहभागीहरुले वालविवाह र लागु पद्धार्थ दुव्र्यसनी लाज मर्दाे विषय भएको टिप्पणी गरेका हुन । कार्यक्रममा लेटागं नगरपालिकाका प्रमुख शंकर राईले बालविवाह र लागु पद्धार्थ दुव्यर्सनी न्युनिकरणका लागि सवैले आआफनो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिएका थिए । बालविवाह र लागु पद्धार्थको दुव्यर्सनी न्युनिकरणका लागि अभिभावकहरु सचेत र सजक वन्नु पर्ने समेत वताए । कानुनले समेत रोक लगाएको बालविवाह कानुनी रुपमा मात्र नभएर सामाजिक रुपमा समेत अपराध भएकाले सानैमा विवाह गर्दा हुने नकारात्मक असरका विषयमा समेत सचेतना वढाएर न्युनिरण तर्फ लाग्नु पर्नेमा समेत उनको तर्क रहेको थियो । अन्तरक्रिया कार्यक्रममा इलाका प्रहरी कार्यालय लेटागंका प्रहरी निरिक्षक खगेन्द्रबहादुर खड्काले लागु पद्धार्थ प्रयोगको अवस्था हेर्दा युवाहरुको संख्या धेरै देखिएकाले जनशक्तिलाई नराम्ररी असर पारी रहेको भन्दै कानुनले बर्जित गरेको लागु पद्धार्थ प्रयोगकर्ता तथा ओसारपोसारमा लाग्नेहरुलाई कानुनी दायरामा ल्याउन समाजको समेत दाहित्व हुने वताए । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षकहरुले समेत बालविवाह र लागु पद्धार्थ दुव्र्यसनी रोक्ने विषयमा बोलेका थिए । संस्थागत विकास सञ्जाल ललिपुरको सहयोग रहेको बालविवाह र लागु पद्धार्थ दुव्र्यसनी न्युनिकरण सम्वन्धी सो अन्तरक्रिया अघि कलाकारहरुले बालविवाह र लागु पद्धार्थ दुव्र्यसनी न्युनिकरणका गर,बाल विवाह सामाजिक अपराध हो भन्ने नारा लगाउदै ¥यालीले बजार परिक्रमा गरेर धोका नामक मार्मिक र चेतनामुलक सडक नाटक प्रस्तुत गरेका थिए । कमल अधिकारीको अध्यक्षमा भएको कार्यक्रममा लेटाङ नगर पालिकाका उपमेयर कृष्णा निरौला,२ नं.वडा अध्यक्ष तेजप्रसाद तिम्सिना,३ नं. वडा अध्यक्ष देवराज चाम्लिङ,कार्यक्रम सम्योजक सावित्रा शिवाकोटी लगायतका सहभागी थिए ।

तपाईको प्रतिक्रिया