विराटनगर, ÷ विराटनगरमा शनिबार देखि शुरु हुनगाईरहेको विराट गोल्डकपको पहिलो खेल मोरङ ११ र भुटानको थिम्पु बिच हुने भएको छ । ्आयोजक समितीले हिजो राती शहिद मैदानमा पत्रकार सम्मेलनको आयोजना गरि पहिलो खेल मोरङ ११ र भुटानको थिम्पु बिच हुने जनाएको हो । आयोजकले प्रतियोगिताको तयारी सकिएको जनाएको छ ।
प्रतियोगितामा नेपाल, भारत, र भूटानका गरी १० वटा टिम सहभागी हुनेछन् । भूटानको थिम्पु फुटबल क्लब, र भारतको मोहडन स्पोर्टिङ क्लब कलकत्ता, प्रतियोगितामा सहभागी हुने छन् ।त्यसै गरी नेपालका मनाङ मस्र्याङदी, सशस्त्र प्रहरी, थ्री स्टार, नेपाल पुलिस क्वल, नेपाल आर्मी क्लब, संकटा क्लब, रमपम झापा–११ र रिजालको मोरङ–११ गरी आठ वटा टिमले भाग लिनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रिजालको मोरङ–११ र भूटानको थिम्पु फुटबल क्लबवीच खेल हुने छ । प्रतियोगिताको उपाधि जित्ने टिमलाई १२ लाख ७१ हजार र उप–विजेतालाई ५ लाख ५१ हजार राशिको नगद पुरस्कार सहित कप प्रदान गरिने आयोजक समितिका अध्यक्ष नविन रिजाले बताए ।

बाईट ः नविन रिजाल, अध्यक्ष , विराटगोल्डकप, आयोजक समीती
त्यस्तै टुर्नामेन्टको प्रत्येक दिनहुने खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई १० हजार नगद पुुरस्कार सहित सिल्ड तथा म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई मोटरसाइकल सहित पदक प्रदान गरिने छ । यस बाहेक प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, गोलकर्ता, व्यवस्थापक र टिम मध्येका उत्कृष्ट सबैलाई २५र२५ हजार राशिको पुरस्कार प्रदान गरिने छ ।

 

तपाईको प्रतिक्रिया