इटहरी । विदेशमा सुटिगं गरिएको नेपाली चलचित्र लिलिबिली यही चैत्र ३० गते देखि प्रर्दशनमा आउने भएको छ ।

चलचित्रको प्रचारप्रसारका लागि पुर्व आएको कलाकार सहितको टोलीले प्रर्दशनको मिति नजिकी रहेको समयमा चलचित्र हेर्न दर्सकहरुलाई आकर्षती गर्न सांगितीक सहितको प्रस्तुति राखेर जानकारी गराएको हो । सो टोलीले पत्रकार सम्मेलन समेत गरेर चलचित्र प्रर्दसनको विषयमा जानकारी गरायो ।

सुदिप खड्का निर्माता रहेको चलचित्र लिलिबिलीमा मनोरञ्जनात्मक चलचित्र रहेको जनाए । फिल्मका नायक प्रदिप खड्काले चलचित्र लिलिबिली अन्तराष्टिय फिल्मसंग प्रतिष्पर्धा गर्न सक्ने खालको भएको दावी गरे । नायिका जसिता गुरुङले लिलिबिलीमा आफूले उत्कृष्ट अभिनय गरेको दाबी गर्दै फिल्मलाइ दर्शकले मन पराउने विश्वास ब्यक्त गरिन । सो चलचित्र देश बिदेशका रमणीय स्थलमा सुटिङ गरिएको लिलीबिली टिमले वताएको छ । नया बर्षलाइ लक्षित गरेर प्रदर्शनमा आउन लागेको सो चलचित्रमा नायक प्रदीप र नायिका जसिताका साथमा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धु्रव दत्त लगायतका कलाकारको अभिनय रहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

तपाईको प्रतिक्रिया