विराटनगर । आफ्नै आमाले छोरालाई निर्घात कुट–पीट गर्ने आईरनले डाम्ने जस्ता गैरकानुनी काम गर्लान त ? तपाँईलाई बसैले सोध्ये भने तपाईको जवाफ सहजै हुन्छ । अँह गर्दैनन । तर मोरङको सवालमा भने यो जवाफ मिल्दैन ।
विराटनगर ४ का ४ बर्षीय सपिफ काफ्ले स्थानीय अन्नपुर्ण एकेडेमीमा पढदै थिए । विराटनगर ४ का विक्रम काफ्लेका श्रीमती सरला काफलेले सपिफलाई पढन अटेर गरेको आरोपमा लुलामा लगाउने आईरनले मंलबार मजाले डामिन । त्यतीमात्र होईन सरलाको हातबाट छोरा सपिफ पटक –पटक यातनाको शिकार भए । हिउदमा सपिफलाई सरलाले लठी लठीले शरीरका विभिन्न भागमा निलडाम हुनेगरी कुटिन । तर स्कुलले त्यो घटना सर्वजर्नीक गरेन । स्कुलले सपिफ यातानाको कारणले मंगलबार परीक्षादिन नसक्ने अवस्थामा रहेकाले बाध्यभएर घटना सार्वजनीक गरीएको अन्नपुर्ण एकेडेमीका शिक्षकहरुले बताएका छन ।
बिक्रम र सरलाको सम्बन्ध चिसीएको दुई महिना भयो । दुई महिनादेखि सपिफका बुबा बिक्रम काठमाण्डौ बसेर काम गर्दै आएका छन । सपिफ आमा सरला संगै बस्दै आएका थिए । उनले मंगलबार लुगामा स्त्री लगाउदै गरेको बेलामा सपिफ स्कुल जान कलगरेपछी सरलाले छोरा सपिफलाई
शरीरको विभिन्न भागमा आईरन (स्त्री)ले डामेकी थिईन ।
अन्नपुर्ण एकेडेमिको युकेजीमा अध्यानरत सपिफ मंगलबार
१ बजे परीक्षा दिन स्कुल पुगेको बेला स्कुलले यातानाको घटना सर्वजनीक गरेको हो ।
स्कुलका प्रिन्सीपल अमिस रेग्मीले आमा सरलाको हातबाट पटक –पटक यातना भोगीरहेका सपिफ यातानाको कारणले मंगलबार परीक्षादिन नसक्ने अवस्थामा रहेकाले बाध्यभएर
घटना सार्वजनीक गरीएको बताए ।
सरलाले सपिफलाई एक बर्ष यता पटक–पटक कुटपीट गर्ने र मानसीक याताना दिईरहेको स्कुलले जनाएको छ ।
जाडोको समयमा सपिफलाई सरलाले लठीले टाउमा हिकाएपछी टोपी लगाएर स्कुल पठाउदा समेत स्कुलले घटनाको ढाकाछोप गरेको थियो ।

तर मंगलबार सपिफलाई आईरनले शरीरको विभिन्न भागमा डाम्दा कसैले सहनै नसक्ने प्रकृतीको घटना घटेकोले टोलबासीको रोहबरमा पिडीतलाई स्कुलमै झिकाएर प्रहरीलाई जिम्मा लगाईएको छ ।
स्कुलमा टोलभरीका आक्रोसीत महिलाहरुले सरलालाई सामान्य कुटपीट गरेका थिए । बच्चा कुट्नुको कारण चाँही खुलेको छैन । तर सरलाले सपिफलाई पढन र्तसाउनको
लागी मायाँ गरेर आईरनले डामेको झुटो
प्रतिक्रीया दिईन । सपिफलाई डाम्नुको कारण अर्कै हुनसक्ने टोलबासी र प्रहरीको भनाई छ । तर त्यो बिषय अनुसन्धान पछीमात्रै खुल्न सक्ने प्रहरीले बताएको छ । बिक्रम र सरलाको सम्बन्ध चिसीदै गएपछी बिगत २ महिना देखि बिक्रम घर छोडेर काठमाण्डौमा काम गर्दै आईरहेको स्रोतले बताएको छ ।
अन्नपुर्ण एकेडेमिले मंगलबार आईरनले डाँमिएको घटना सर्वजनीक गर्दा सपिफका बुबा बिक्रमलाई काठमाण्डौबाट २ घण्टा भित्र विराटनगर झीकाईएको थियो । यसविषयमा पिडीतका बाबु बिक्रम बोल्न मानेन ।

तपाईको प्रतिक्रिया