इटहरी । नेपाली काग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारले मुलुकमा भएका परिर्वतनहरुको नेतृत्व गर्दै आएको काग्रेसको काँधमा चुनौति आएको वताएका छन । राणाकाल देखि ३०वर्षे पञ्चायत हटाउने ,२०६२।६३को दोस्रो जनआन्दोलन होस यात सशस्त्र द्धन्द गरिरहेको माओवादीलाई शान्ति प्रकृयामा ल्याउने ,संविधानसभाबाट संविधान जारी गर्ने र संविधान कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्ने कार्यको नेतृत्व गरेको काँग्रेसको काधमा अहिले चुनौति आएको वताएका हुन । काग्रेसको काँधमा सशक्त प्रतिपक्षको भुमिकामा रहेर सरकारलाई सही वाटो देखाउनु पर्ने जिम्मेवारी आएको पुर्व उपप्रधानमन्त्री समेत रहेका गच्छदारको कथन रहेको थियो । उनले जनताले सुम्पेको जिम्मेवारी काग्रेसले कुशलता पुर्वक पुरा गर्दै रचनात्मक प्रतिपक्षको भुमिका निभाउने जानकारी समेत दिए। नेपाल ट्रेड युनियन काग्रेस सुनसरीको छैठौं जिल्ला अधिवेशन समारोहलाई सम्वोधन गर्दै नेपाली काग्रेसका संसदीय दलका उपनेता गच्छदारले मुलुकका ठुला परिवर्तनका लागि भएका आन्दोलनहरुमा मजदुरहरुको योगदान उल्लेखिय रहेको समेत चर्चा गरे । विराटनगरको मिल्स एरियाबाट मजदुरहरुले आफनो हकअधिकार प्राप्तीका साथै शोषणका विरुद्धमा आन्दोलन गर्दै समेत काग्रेस निकट मजदुरहरुले नेतृत्व गरेको समेत गच्छदारले स्मरण गरे । प्रदेस नम्वर १का विपक्षी दलका नेता राजिव कोइराला, मजदुर नेता नुर महोमद, ज्योति कोइराला लगायतले जिल्ला अधिवेशन उद्धघाटन समारोहमा सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया