इटहरी । पर्टयकीय दृष्टिकोणमा पुर्वी नेपालले मुलुकको महत्वपुण हिस्सा ओगटर्दै आएको छ । धार्मीक क्षेत्र तथा अन्य मनोरम क्षेत्रहरुले समेत आन्तरीक तथा वाह्य पर्यटकहरुलाई आर्कषित गर्ने गर्दछन । पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने उद्धेश्यले पुर्वका विभिन्न ठाउँहरुमा सुविधा सम्पन्न तथा कलाकृतिहरु रहेका होटलहरु समेत खुल्ने क्रम जारी रहेका छन ।

हिमाली , पहाडी र तराई क्षेत्रका साथै पुर्वाञ्चलमा वसोवास गर्ने मानिसहरु समेत वहु जाति भाषा , संस्कृति र धर्म मान्ने भएकोकारण पनि पुर्वी नेपालको विविधताको अध्ययन अनुसन्धान , धार्मीक यात्रा तथा मनोरम दृष्य अवलोकनका लागि मुलुक तथा मुलुक वाहिरवाट समेत मानिसहरु आउने गरेका छन । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउने गरी होटलहरु सञ्चालनमा ल्याएर होटल व्यवसायीहरुले पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने क्रम समेत जारी रहेको छ । पुर्वमा रहेको प्राकृतिक पर्यटकीय क्षेत्र मध्ये धनकुटा पनि एक महत्वपुर्ण क्षेत्र हो । धनकुटालाई केन्द्र बनाएर पुर्वी नेपालका पहाडि क्षेत्रहरुमा पर्यटन प्रवर्धनमा टेवा पुर्याउने होटलहरुले सुविधाका साथै आकर्षिणलाई ध्यान दिएको पाइन्छ । पछिल्लो समयमा धनकुटामा विदेशीहरुलाई समेत आकर्षित गर्ने गरी होटल मुर्चुगां इन्टरनेशनल सञ्चालनमा आएको छ । डिलक्स एसी सहितको कोठाहरु रहेका सुविधा सम्मपन्न होटलमा पर्यटकहरुलाई स्थानीय खाना देखि लिएर विभिन्न देशका परिकारहरु समेत राखेर आकर्षीत गरिदै आइएको होटलका सञ्चालक अनिल पालले जानकारी दिए । धनकुटामा रहेका होटलहरुले खाना वस्न राम्रो सुविधा मात्र उपलव्ध गराउनका साथै पर्यटकहरुलाई स्पेसल प्याकेजहरु समेत होटल व्यवसायीले अघि सारेका छन । खास गरी यस्ता होटलहरुले पुर्वका पयटकीय स्थलहरु सम्म पर्यटकहरुलाई पुर्याउने व्यावस्था गरेका छन । आफैले गाडि राखेर आगन्तुकहरुले भनेका ठाँउहरु सम्म पुर्याउने देखि लिएर हवाइ टिकट सम्मको व्यवस्था गर्ने नगरेका छन । विश्वकै आकर्षक पर्यटकीय क्षेत्र मध्येमा पर्ने नाम्जे धनकुटामै पर्दछ भने यहाँ लालिगुँरास फुल मनोरम प्राकृतिक दृष्यहरु समेत अवलोकन गर्न सकिने भएको कारण देशी तथा विदेशी पर्यटकहरुको रोजाईमा पर्दै आएको छ ।

तपाईको प्रतिक्रिया