चैत्र बैशाख हावाहुरी चल्ने याम हो । हावा हुरी चलेसंगै धुलो उड्ने गर्दछ । राजमार्ग क्षेत्रहरु पछिल्लो समयमा धेरै धुलो उड्ने क्षेत्र बनेका छन । सवैतिरका सडकहरु भत्कीएका छन , पुननिर्माणका लागि भत्काइएका छन ।

कृष्ण भट्टराई जुनेली

धुलाम्मे सडकहरुमा यात्रा गर्न यो मौषममा निकै चुनौति हुने गर्दछ यही समयमा बाटाबाटामा आँखामा पर्ने गरी धुलो उडाउदै कुद्नेहरुको संख्या पनि कम छैन । सडक प्रयोगकर्ताहरुको आँखामा धुलो पार्दै कुद्नेहरुले सडक प्रयोगकर्ताहरुकोमा आँखा धुलो पारेर अनि नियमनकारी निकायका मानिसहरुलाई आँखा चिम्लन लगाएर आँखा बन्द गराउदै आएका छन । सडकमा माटो, बालुवा, सिमेन्ट, कोइला आदि धुलो उड्ने सामाग्रीहरु बोकेर कुद्ने सवारीका साधनहरुले अरुको सुरक्षामा ध्यान दिएको देखिदैन । सडक प्रयोगकर्ताहरुलाई नै मध्यनजर गर्दै सडकमा धुलो जन्यवस्तुहरु बोक्दा सुरक्षा अपनाउन त्रिपाल लगाउनु पर्ने नियम समेत बनाइएको छ तर नियम पालना गर्नेहरुले अरुको आँखामा धुलो हाल्दै हिडीरहेका छन भने नियमनकारी निकायका जिम्मेवार मानिसहरु आँखा चिम्लेर बस्ने गरेका छन । त्यसमा के राज छ त्यो त भन्न सक्दिन , नियम पालना गराउनेहरुले किन देख्दैन हामी भने सडकमा कुद्ने यस्ता सवारीका साधनहरुले खैई कोनी कसले लगाएको लगौटी जस्तो गरे मात्र त्रिपाल ओढाएरको सजिलै देख्छौं । कुनै कुनैले आधा भाग मात्र ढाक्ने त्रिपाल ओढाएका हुन्छन भने धेरै जसोले फाटेका त्रिपालहरु ओढाएर त्रिपाल ओढाउनु पर्ने नियम पालना गरिरहेका छन । हाम्रो प्रश्न यत्ति मात्र हो नियमनकारी निकायलाई त्रिपाल ओढाउने नियम हो या धुलो उडाउन नपाइने ?

तपाईले पनि पौदल ,साइकल, मोटरसाईकल र अन्य सवारी साधनका झ्यालमा बसेर यात्रा गर्दा धुलो जन्य वस्तु बोक्ने सवारी साधनको पिडा भोग्नु भएकै होला ? त्यत्ति बेला कति रिस उठ्छ कल्पना गर्नु त ? अब सडकमै बस्ने निमय पालना गराउने टा्फिक प्रहरीहरुलाई सम्झनुस त विचारा तिनीहरु पनि त मान्छे हुन नि ! अब सवैले आ आफनो ठाँउबाट खबरदारी गर्दै हाम्रै लागि सडकमा बस्ने टा्फिक प्रहरीहरुको आँखाको सुरक्षाका लागि यसरी धुलो उडाउदै सडक सडक कुद्ने सवारी साधनहरुलाई कारवाहीको दायरामा ल्याउन पहल गरौं ।

तपाईको प्रतिक्रिया