इटहरी  । आदर्श पुरुष श्री रामचन्द्रको जन्म दिनको अवसरमा रामधुनीमा उपस्थित भक्तजनहरुको सेवामा आइतबार मोरङसुनसरी सेवा समाजले निःशुल्क शुद्ध पिउने पानी वितरणसँगै प्राथमिक स्वास्थ्य उपचारको आयोजना गरेको छ । रामनवमी अर्थात आर्दश पुरुष श्रीरामचन्द्रको जन्म दिवसका अवसरमा रामधुनीमा श्री राम भगवानको भक्तपूर्वक पुजाअर्चना गर्दै मेलामा सहभागी हुने हजारौं भक्तजनको सेवामा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा संस्थाका केन्द्रीय तथा प्रवास शाखाका पदाधिकारी, सल्लाहकारसहित सदस्य तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई इटहरीमा स्थापित वेदान्त पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा.लि.को सहयोगमा चिकित्सक टोली र सामान्य औषधिसमेत वितरण गरिएको थियो । चैत्र शुक्ल पक्ष नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रको जन्म दिनमा प्रत्येक मोरङसुनसरी सेवा समाज, सामाजिक अभियान अन्तर्गत सो कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।

तपाईको प्रतिक्रिया