इटहरी । दुर्घटनामा परेका तथा रगत आवश्यक हुने विरामीहरुलाई रगतको अभाव नहोस भनेर सुनसरीको इटहरी स्थित श्रीकृष्ण प्रमाणी मन्दिर परिसरमा भएको कार्यक्रम श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले आयोजना गरेको रक्तदान कार्यक्रममा ६१ पिन्ट रगत संकलन गरेकोे छ ।
श्रीकृष्ण प्रमाणी मन्दिर मुक्ती धाम इटहरीको ३९औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा प्रणामी युवाहरुका साथै महिला तथा पुरुषले रक्तदान गरेका हुन । अस्पतालमा उपचारका क्रममा विरामीहरुलाई रगतको अभाव नहोस भन्ने उद्धेश्यले समय समयमा रक्तदान गर्दै आएको श्रीकृष्ण प्रणामी युवा परिषद्ले मुक्ती धामको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको युवा परिषदका अध्यक्ष विनोद सुवेदीले वताए । रक्तदान कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटी उपशाखा इटहरीका सभापती विमल पौडेलले पुर्वी नेपालमा हुने रक्तदान मध्ये ४० प्रतिशत इटहरीले धानेको जानकारी गराए । यमुना चापागाइको संयोजकत्व भएको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र धरानको प्राविधिक सहयोगमा भएको थियो ।

तपाईको प्रतिक्रिया