सन्तोष न्यौपाने
झापा । झापाको बिर्तामोडमा सञ्चालित अधिकांश नाम चलेका ठूला होटलमा किरा सहितको खाद्य सामग्री बिक्री बितरण हुने गरेको रहस्य खुल्न आएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर, जिल्ला प्रशासन कार्यालय झापासहित होटल व्यवसायी संघ, बिर्तामोड नगरपालिकाका पदाधिकारीले गरेको अनुगमनका क्रममा किरा सहितको खाद्य सामाग्री बिक्रि बितरण गरिएको पाइएपछि यस्तो रहस्य खुलेको हो ।
बिर्तामोड सञ्चालित रेडमग होटलमा अनुगमन गर्दा किरा परेको खाद्य सामग्री विक्री बितरण गर्ने गरेको पाइएको हो ।
बिर्तामोडमा रहेको होटल गाउँलेले सडिएको खाद्यान्न बिक्री गरिरहेको पाइएको छ ।
कृषि विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको अनुगमन टोलीले अनुगमन गर्दा सो होटलमा कीरा परेको खाद्यान्न बिक्री गरेको पाइएको हो ।
भेज तथा ननभेजका परिकार बिक्री गर्दै आएको होटलमा आँैसा परेको मासु ग्राहाकलाई बिक्री गरिरहेको अवस्थामा फेला पारी नष्ट गरिएको छ ।
कुखुराको मासु, माछा र खसीको भुटन भनेर बिक्री गर्दै आएको होटलले हप्तौँदेखिको सड्न लागेको माछामासु बिक्री गरिरहेको पाइएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक प्रेम अर्याल सहितको टोलीले अनुगमन गर्दा किचनमा तयारी अवस्थामा विक्रीका लागि राखिएको खानेकुरामा ज्यूँदा र मरेका साङ्ला फेला परेको थियो । विक्रीका लागि राखिएको काँचो मासु पनि सड्न लागेको र साङ्ला कुदिरहेको पाइएपछि तत्काल नष्ट गरिएको थियो ।
बिर्तामोडको नाम चलेका गांउले होटल, रेडमग,होटल होलीडे होम लगायतका होटलमा अनुगमन गरिएको थियो । बिर्तामोडको होटल होलिडे होममा अनुगमन गर्दा किचन फोहोर देखिएको, खाने कुरा नछोपि राखिएको, किचनको डष्टविन खुल्ले भएको पाइएको थियो ।
त्यस्तै होटल डेनियल र होटल हिकोला हेरिटेजको किचन पनि फोहोर रहेको पाइएको छ । दुबै होटलले भेज र नन् भेज खाने कुरा एकै ठाउँ राखेर बिक्रि गरेकोले तत्काल सचेत रहन आग्रह गर्दै अनुगमन टोलीले दुबै होटललाई तेस्रो दर्जाको होटलमा सुचीकृत गर्दै स्टीकर समेत टाँसेको छ ।

यी बाहेक अनुगमनका क्रममा बिर्तामोडका अधिकांश होटलले सरसफाइमा ध्यान नदिएको पाइएको छ । बासी खाना बेच्नेदेखि खाना पकाउने र सफाइ गर्ने ठाउँ एउटै कोठा प्रयोग गरेकाले एक महिनाभित्र पूर्ण रुपले सचिन निर्देशन दिदै स्टिकर टाँसिएको छ ।
स्थानीय जनप्रतिनिधि सहितको अनुगमन टोलीले अनुगमनका क्रममा सवै खानेकुरामा किरा भेटेपछि तत्काल होटल बन्द गर्न भनेका छन् । अनुगमन टोलीमा सहभागी बिर्तामोड नगरपालिका सदस्य भावना आचार्य घिमिरे ।

यता खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक प्रेम अर्यालले बिर्तामोडमा सञ्चालित होटल सरसफाइ र खाद्य स्वच्छतामा चुकेको बताउनुभएको छ । उहाँले उपभोक्तालाई होटलमा टाँसिएको स्टिकर हेरेर मात्र खानेकुरा खान आग्रह समेत गर्नुभएको छ ।

यस अघि वुधवार गरिएको अनुगमनका क्रममा बिर्तामोडमा नै सञ्चालित गाउँले होटलले पनि किरा परेको खाद्य सामग्री विक्री गर्ने गरेको पाइएको थियो । त्यस्ता सबै होटललाई अनुगमन टोलीले खाद्य सामग्री नवेच्न र सरसफाइमा ध्यान दिन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय झापाका खाद्य निरीक्षक दिनेश ढुङ्गानाले बताउनुभयो ।

वाइट ः दिनेश ढुङ्गाना , खाद्य निरीक्षक जिल्ला प्रशासन कार्यालय झापा
सरकारले खाद्य स्वच्छताको आधारमा रेस्टुरेन्ट स्तरीकरण मूल्याङ्कन सूचकाङ्क नै जारी गरेर अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरेर चार तहमा वर्गाीकरण गरेर स्टिकरहरु टाँस्ने काम गरिएको छ ।
एभिन्युजखबरकालागि सन्तोष न्यौपाने झापा

तपाईको प्रतिक्रिया