याम माबोहाङ लिम्बू
इलाम । महिलालाई निर्णायक सहभागिताका गराउँन व्यवहारिक रुपान्तरण आवश्यक भएको मानव अधिकार मञ्च नेपाल इलामले आयोजना गरेको कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरुले स्थानीय तहमा महिला अधिकार राजनीति, निर्वाचन र निर्णायक तहमा महिला सहभागिता सम्बन्धी जिल्ला स्तरीय सार्वजनिक सुनूवाई कार्यक्रममा महिलालाई निर्णायक तहमा सहभागिता गराउँन आर्थिक रुपमा सबल भई व्यवहारिक रुपान्तरणले मात्र पुरा गर्ने बताए ।

आवश्यकतालाई ध्यानमा राखेर प्रदेशमा नीति निर्माण भईरहको प्रदेस सांसद खिनु लङ्वा लिम्बूले बताइन । उनले अर्थपूर्ण सहभागितालाई प्राथमिकतामा राखेर महिला, दलित आदिवासीको अधिकारलाई सुनिश्चित गर्न लागेको जानकारी गराइन् ।

सांसद लिम्बूले नागरिकको चाहना अनुसार नीति निर्माण गर्न सरोकारवाला सबैले विभिन्न माध्यमबाट सुझाब दिन अग्रह गर्दै महिला शक्तिलाई मजबुद्ध बनाउँन राज्य र सरकार दुबैको उत्तिकै भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

मानव अधिकार मञ्च नेपाल इलामको अध्यक्ष मोहनसिंह थेबेको अध्यक्षतामा भएको कार्यक्रममा इलामका सन्दर्भमा स्थानीय तहमा महिला अधिकार राजनीति निर्वाचन र निर्णायक तहमा महिला सहभागिता विषायक गैरसरकारी संस्था महासंघका अध्यक्ष कमलप्रसाद नेपालले छलफल पत्र प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया