इटहरी । पछिल्लो समय समाजमा भएको बिभिन्न लागुऔषध ,बालविवाह, बिकृति बिरुद्ध शान्तिका लागी युवा नेतृत्व कार्यक्रम अन्र्तगत सामाुदायिक बिकास मञ्च नेपाल लेटांगको आयोजना र हर्डनको सहयोगमा धोका नामक सडक नाटक मोरंग जिल्लाको लेटांगको बजारमा , बिराटचौकको मुस्लिम बस्तीमा र गछिया चौकमा नाटक प्रस्तुत गरिएको छ । बालबिवाह, लागुऔषध सम्बन्धि जनचेतना जगाउने उद्धेश्यले उक्त सडक नाटकको आयोजना गरिएको हो ।
सडक नाटकको माध्यमबाट समाजमा हुने बालबिवाह, लागुऔषध बिकृती तथा बिसंगतीलाई हटाई स्वाच्छ समाज निमार्ण गर्ने मुख्य लक्ष्य राखेर सडक नाटक कार्यक्रम प्रस्तुत गरिएको शान्ति निमार्ण परियोजना संयोजक साबित्रा शिवाकोटीले जानकारी दिईन् । धोका नामक सडक नाटकका कलाकारहरु राम लम्साल, चण्डीका मोहरा, राजेश ढकाल र हिमा ढकाल लगायतका १२ जना युवा कलाकारहरुबाट उक्त जनचेतना मुलक सडक नाटकको मञ्चन गरिएको शिवाकोटीले बताईन् ।
बिशेषगरि बाल बिवाहका कारण पछिल्लो समय धेरै सम्बन्ध बिक्षेदका घटना बढ्दै गएको कारण यस्ता जनचेतनाका कार्यक्रमको आयोजना गरिएको हो । सानै उमेरमा बिबाह गरिदिदाँ परिपकत्ता नहुने र सम्बन्ध लामो समय सम्म नजान साथै समाजमा यस्को ठुलो असर परेको छ । यस्ता जनचेतनाका,े कार्यक्रम गर्नु ,सर्बसाधरणलाई फाईदा भएको आयोजकले बिश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया