इटहरी । होटल ब्यवसायी सङ्घ इटहरी उप–महानगरले आज यहाँ आयोजित रक्तदान कार्यक्रममा ६० जना रक्तदाताहरुले रक्तदान गर्नुभएको छ । यसैगरी इटहरीको सत्य साई बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा पनि ८२ जना रक्तदाताले रक्तदान गरेका छन ।
पर्वी नेपालका ठूला अस्पताल, मेडिकल कलेजहरु जस्ता अधिक विरामीको चाप हुने स्थानमा दैनिक रगतको अभाव पर्ने गरेकाले त्यसलाई अभाव हुन नदिन रक्तदान गरिदै आएको छ ।
नेपाल रेडक्रस सोसाईटीले यस्ता ठूला अस्पतालहरुमा रगतको अभाव भई रहने भएकाले त्यसलाई धान्का लागि सामाजिक सङ्घ संस्थाहरु र रगतका लागि युवा सञ्जाललाई आग्रह गर्दै आएकाले इटहरी तथा यस आसपासका क्षेत्रमा प्रायः दैनिकजसो रक्तदान कार्यक्रम गरिदै आएको छ ।
नेपाल रेडक्रस सोसाईटी इटहरी उपशाखाका अध्यक्ष बिमल पौडेलको प्रमुख आतिथ्यता भएको उक्त रक्तदान कार्यक्रममा कार्यक्रम संयोजक दामोदर विडारी ,उद्योग बाणिज्य सङ्घका सदस्य दिवश पोखे्रेल ,रेडिमेट ब्यवसायी सङ्घकी अध्यक्ष गायत्री भण्डारी लगायतले बोल्नुभएको थियो । कार्यक्रम होटल ब्यवसायी सङ्घका अध्यक्ष जीवन पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया