इटहरी । गत शनिवार रात भएको आगलागीबाट विस्थापित बन्न पुगेका सुनसरीको बराहक्षेत्र नगरपालिका ११ इक्राहीका ५० घर परिवार सुकुम्वासीहरुलाई राहत सामाग्री उपलब्ध हुने क्रम जारी रहेको छ ।
पछिल्लो पटक करुणा फाउण्डेशन सुनसरीले बराहक्षेत्रका अग्नी पिडितहरुलाई खाद्यन्नका साथै झुल वितरण गरेको छ । अपागंताका साथै पोषणका क्षेत्रमा सुनसरीमा कार्य गर्दै आएको करुणा फाउण्डेशनले मंगलवार अग्नी पिडित परिवारलाई ३० केजीको एक बोरा, चालम, एक पकेट नुन, खाने तेल, दाल, झुल प्रति परिवार एकका दरले वितरण गरिएको छ । खाध्यान्न तथा झुल वितरण करुणा फाउण्डेशनका वरिष्ठ कार्यक्रम अधिकृतहरु रमेश बराल, पदम लम्साल,तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल लगायतले राहत सामाग्री वितरण गरेका थिए । आगलागी भएको मिडियामा आएपछी अग्नी पिडितहरु लाई केही सहयोग पुगोस भनेर फाउण्डेशनले एक लाख पँचास हजार बराबरको राहात सामाग्री वितरण गरेको फाउण्डेशनका वरिष्ठ कार्यक्रम अधिकृत रमेश बरालले बताए । सो अवसरमा अग्नी पिडितहरुले शौचालय,खानेपानी र आवासको समस्या भएको पिडितहरुले गुनासो गरेकाछन ।

तपाईको प्रतिक्रिया