इटहरी । सामाजिक कार्य दिवसका दिन सुनसरीको इटहरी उपमहानगरपालिको मुख्य बजार क्षेत्रमा नेपाल विद्युतिय रिक्सा श्रमिक संघले सरसफाई गरेको छ ।
सधै विहान उज्यालो भएसंगै सिटी सफारी लिएर बजार निस्कने सिटी चालकहरु मंगलबार विहान भने हातमा कुचो र अन्य सफाईका औजारहरु लिएर बजार क्षेत्रको सफाईका लागि निस्कीएका थिए । बजार क्षेत्रमा विभिन्न कारणले भएका फोहोर मैलाहरुलाई व्यवस्थित रुपमा विर्सजनमा सहयोग गर्दै सिटी सफारी चालकहरुले अरुलाई समेत सन्देस दिदै नगरको मुख्य बजार क्षेत्रको सफाई गरेका छन । सफाई कार्यक्रमको नेतृत्व गरेका केन्द्रीय अध्यक्ष राजन काफ्लेले सामाजिक दायित्व अन्र्तगत आफुहरुले सफाइ कार्यक्रम गरिएको जानकारी दिए ।संघका जिल्ला अध्यक्ष जिवन श्रेष्ठको सम्योजनमा भएको सरसफाई कायैक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र र ट्राफिक प्रहरी लगायतको सहभागिताले विराटनगर लाईनको राधाकृष्ण मन्दिर देखि आइतवारे हुदै खेती खोला, जुट विकास हुदै गोल चोक क्षेत्रको सफाई गरेका थिए ।

तपाईको प्रतिक्रिया