मोरगं । सुनसरी र मोरगंको सिमा क्षेत्रमा रहेको वुढी खोलाको पुर्व तर्फ रहेको लक्ष्मीनारायण तथा राम पञ्चायन मन्दिरका लागि स्थायी कोष स्थापना गर्ने उद्धेश्यले आगामी चैत्र ११ गते देखि श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिने भएको छ ।

सप्ताह आयोजक समितिले पत्रकार सम्मेलन गरी अक्षय कोष स्थापना ,मन्दिर क्षेत्रको सुरक्षाका लागि तटवन्ध निर्माण र गत साउनको अन्तिम साताको बाढीले बढाएर वेपत्ता वनेका आश्रममा वस्दै आएका तीन माताहरुको मुक्तीको कामना गर्दै सप्ताह लगाउन लागेको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा प्रचारप्रसार समितिका द्धिशान्त भट्टराईले नदी किनारा क्षेत्रमा रहेको मन्दिरको सुरक्षाका लागि तटवन्ध निमार्ण, अक्षय कोष स्थापनालाई प्राथमिकतामा राखेर सहयोग संकलन गर्ने लक्ष्य सहित श्रीमद्भागवत लगाउन लागिएको जानकारी दिए । उनले सप्ताह सञ्चालनको समयमा नेपालका प्रथम जगतगुरु बाल सन्त लगायतका धर्मगुरुहरुबाट प्रवचन समेत दिने व्यवस्था मिलाइएको जानकारी दिए । सप्ताह आयोजक समितिका संयोजक सुरेन्द्र भट्टराईले अक्षय कोष स्थापनाका लागि आयोजना गरिने सप्ताहबाट संकलित रकमको मुल रकम खर्च नगरिने गरी अक्षय कोषको व्याजबाट मन्दिर सञ्चालनका लागि खर्च गरिने जानकारी गराए ।

तपाईको प्रतिक्रिया