इटहरी । प्रदेस नम्वर १का सामाजिक विकास तथा शिक्षा मन्त्री जीवन घिमीरेले लोभी र स्वार्थीहरु समाजिक कार्यकता वन्न नसक्ने वताएका छन ।
सुनसरीको इटहरीमा विश्व सामाजिक कार्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी घिमीरेले स्वार्थ छाडेर सेवक वन्नु पर्नेमा जोड दिएका हुन ।
निस्वार्थ भावले सेवा गर्ने कार्य कठिन भएको भन्दै मन्त्री घिमीरेले प्रदेसको विकास र समृद्धिका लागि आवश्यक पर्ने जनशक्ती तयार पार्ने योजना रहेको जानकारी समेत दिए । उनले आवश्यकता अनुसार्का क्षेत्रहरु पहिचान गरी जनशक्ति तयार पार्ने योजना प्रदेस सरकारको रहेको वताए ।
सो समयमा सामाजिक कार्य विषय अध्ययन गर्ने विश्वका विकसीत मुलुकहरुले विद्यार्थीहरुलाई सामाजिक कार्यकर्ताको प्रमाण पत्र दिने गरेको भन्दै सोही प्रकृयाको प्रमाण पत्रको व्यवस्था गरिनु पर्ने माग गरिएको थियो । प्रदेस शिक्षा मन्त्री समेत रहेका घिमीरेले विषय विज्ञताका आधारमा प्रमाण पत्र माग गरिएको विषयलाई प्रदेस सरकारले सम्वोधन गर्ने पतिवद्धता समेत जनाए । विश्व सामाजिक कार्य दिवस इटहरीमा इटहरी नमुना कलेजको सामाजिक कार्य विभागको आयोजना रहेको कार्यक्रमले सामाजिक कार्यकर्तहरुको प्रदेस स्तरीय सञ्चाल वनाउदै वुधवार सम्पन्न हुने जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया