प्रतिक श्रेष्ठ, गोपाल पाख्रेल

बिराटनगर । करिब दुईमहिना अघि भारत बाट आयातीत एउटा ट्रक लाई ससस्त्र प्रहरी सिमा सुरक्षा राजश्व गुल्म ले नियन्त्रणमा लिएर छाडेको छ । लामो समय सम्म बिराटनगर भन्सार कार्यालयमा भन्सार प्रक्रीया पुरागर्न बसे संगै उक्त ट्रक शंकाको घेरामा परेको थियो । भन्सार प्रक्रीया पुरा गरेको भनिएको NL ०२Q०६६९ नंम्बरको भारतिय ट्रक लाई गत शुक्रबार बिराटनगरको रानि बाट करीब रातिको ११ बजे नियन्त्रणमा लिएको थियो । उक्त ट्रकलाई नियन्त्रणमा लिए संगै रातारात आन्तरीक राजश्व कार्यालय इटहरी पुर्याएको थियो । तर इटहरी राजश्व कार्यालयले आफु संग कारबाहि गर्ने कुनै कानुन र अधिकार नभएको भन्दै ट्रक पुनः ससस्त्र प्रहरी कै जिम्मा लगाइएको थियो ।

यसरी अन्योल बन्दै गएको ट्रक भित्र मालबस्तु के छ भन्ने सम्म खुल्न नसक्दा थप अन्योता बढे संगै मिले मतो को गन्ध आइरहेको थियो । ट्रककस्को र कुन प्रयोजनको सामान उक्त ट्रकमा रहेको भन्ने बिषयमा कुनै निकाय बोल्न नचाहँदानचाँहादै अन्तत बिना कारबाहि उक्त ट्रकलाई ससस्त्र प्रहरी सिमा सुरक्षा राजश्व गुल्म ले छाड्न बाध्य भएको छ ।

एनसेल कम्पनीले जेनेरेटर चलाउने इनधनको लागी ल्याएको मिथानन नाम गरेको लिक्यूट केमिल सहितको ट्रकलाई राजश्व छलीको शंखामा ससस्त्र प्रहरी सिमा सुरक्षा राजश्व गुल्म ले नियन्त्रणमा लिएर इटहरी राजश्व कार्यालयमा बुझाउने प्रयास गरेको थियो । तर इटहरी राजश्व कार्यालय को मातहतमा राजशव छलीगर्ने लाई कारबाहि गर्ने कुनै कानुन नभएका कारण कारबाहि हुन बाट उक्त ट्रक र काम गर्ने ब्याक्ति समेट बाँचेका हुन् ।

त्यसोत बिराटनगर रानि भन्सार बाट नियम पुरागरेर बाहिरीएको कुनैपनी मालबाहक सावारी साधनलाई इटहरी राजश्व कार्यालय ले पुनः जाँच गर्दा लाखौको राजश्व छली सार्वजनीक हुँदै आएको थियो । तर अहिले भन्सार ले जाँच पास गरेको मालबाहक सवरी का साधनलाई शंका र राजश्व छलीको आरोपमा कुनैपनी निकायले नियन्त्रणमा लियो भने थप चेक जाँच गर्ने अर्को कुनै निकाय छैन । त्यसैले दैनिक रुपमा बिराटनगर भन्सार कार्यालयको मनोबल बढ्दै गएको छ । राजश्व को निधारीत रकम पुरा गर्नका लागी भन्सार कर्मचारी र भन्सार एजेन्ट हरुको सहयोगमा मुल्याँकन कमी गरेर मालबाहक सवारी साधन नेपाल भित्रने गरेको छ । यसरी शंका लागेको मालबाहक सावरीका साधनलाई कुनै सुरक्षा निकायले समात्यो भने अहिले बिना कारबाहि छाड्न् पर्ने बाध्यता सुरक्षा निकायलाई रहेको छ ।

त्यसोत भन्सार कार्यालय ले शंकास्पद मालबाहक सावरी साधनलाई पुन जाँच गर्न सक्छ तर बोक्सी पनी आर्फ अनी धामी पनी आफै भएको ठाउँमा कस्तो प्रकारको पुनः जाँच होला भन्ने बिषयमा शंकास्पद बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया