सुनसरी । प्राय मुख्य राजमार्ग वा अन्य राजमार्गहरुमा यात्रा गर्दा बाटो काट्न जेब्राक्रस बनाइएका हुन्छन् । यस्ता जेव्राक्रसमा पनि सवारी चालकहरुले तिव्र गतिमा सवारी हुँईकाउने गर्छन ।

पैदल यात्रुको सहजताका लागि बनाइएका जेब्राक्रसबाट बाटो काट्दा पनि तिव्र गतिमा आएका सवारीले ठक्कर दिने हो कि भन्ने त्रासमा बाटो काट्नुपर्ने बाध्यता वटुवाहरुमा रहेको छ । शहर बजारका सडकहरुमा सेतो रगंका धर्सा बनाएर बाटो काट्न जेब्राक्रस बनाइएका हुन्छन् । पैदल यात्रुका लागि बनाइएका यस्ता जेब्राक्रसमा पैदल यात्रुलाई बाटो काट्न पहिलो प्राथमिता दिनुपर्छ । तिव्र गतिमा गुड्दै गरेका सवारीले पनि यस्ता जेब्राक्रसमा रोकेर पैदल यात्रुलाई बाटो काट्न सहयोग गर्नुपर्छ । तर अहिले सडकमा सवारी गुडाउने चालकहरुले यसलाई कुनै ख्यालै नगरी सवारी हुँईकाउने गरेको पाईन्छ । जेब्राक्रसबाट बाटो काट्दा पनि सवारीले ठक्कर दिन्छ कि भन्ने त्रास पैदल यात्रुलाई हुने पैदल यात्री विनोद पराज्ली बताउनु हुन्छ ।

यात्रुको बढि भिड हुने सडकमा बाटो काट्न जेब्राक्रस र लाईटको व्यवस्था गर्नुपर्ने हो । तर त्यो पनि गरेको पाईदैन । सडकमा बनाइएका जेब्राक्रसहरु पनि मेटिएर देख्नै गाह्रो अवस्था पुगेका छन् । सममाजिक संघ संस्थाले बनाएको जेब्राक्रस पनी कमसल रंग भएकाले दिर्घकालीन हुन नसक्ने र जेब्राक्रस नदेखीएकै कारण दुर्घटना हुन सक्ने याम कुमार दाहालले बताउनु भयो ।

ख्इ घ स् सडकमा जेब्राक्रसमा यात्रा गर्न पैदल यात्रुलाई पहिलो प्राथमिकता हुने पूर्व क्षेत्रीय टफिक प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार लम्साल बताउनुहुन्छ । सडकमा सुरक्षित यात्राको व्यवस्था गराउन ट्राफिक प्रहरीहरु खटिएका हुन्छन् । तर टफिक प्रहरीले पनि यो कुरामा खासै ध्यान दिएको पाईदैन । जेब्राक्रसमा पनि जथाभावी सवारी कुदाएर पैदल यात्रुलाई दुःख दिने चालकहरुलाई टफिक प्रहरीले कारबाही गरेको देखिदैन । सडक विभागले निमार्ण गनुपर्ने जेब्राक्रस निमार्ण, टफिक चिन्ह लगायतका कामहरु पनी टफिक प्रहरी आफैले गर्दै आएको लम्साल बताउनुहुन्छ । सडक सबैको हो । सडकमा गुड्ने सवारी, पैदल यात्रु दुवैको समान अधिकार हुन्छ । तर नियमन गर्ने नियकाले प्रभावकारी नियमन गर्न नसक्दा पैदल यात्रुहरुले सास्ती भोग्न बाध्य छन् । तसर्थ सम्बन्धित निकायले चासो दिन आवश्यक छ ।

तपाईको प्रतिक्रिया