इटहरी । पुर्व राजा ज्ञानेन्द्र शाह केही दिन अघि देखिे दमकमा रहेकाे हिमालय टि गार्डेनमा बसेर पुर्वी नेपालको तिर्थ यात्रा गर्दै आएका छन । पुर्वराजाले तिर्थ यात्राको क्रममा सुनसरीको ऐतिहाँसिक रामधुनी मन्दिरमा पुगेर दर्सन तथा पुजाअर्चाना गरिसकेका छन । रामधुनी क्षेत्रमा पुर्वराजाका सर्मथक तथा शुभचिन्तकहरुले राजा आउ देश बचाउ लगायतका नारा लगाएका थिए । उक्त भ्रमण पश्चात उनले आइतवार विभिन्न पार्टीका राजनीतिक व्यक्तीहरु सँग भेटघाट गरेको स्रोतले जनाएको छ । केही दिन अघि देखि पुर्वी नेपालको झापामा बसेर भेटघाटलाई तिव्रता दिदै आएका पुर्व राजाले राप्रपा लगायतका विभिन्न पार्टीका नेताहरुलाई भेटघाट गरेका र भेटघाटको क्रममा राप्रपाको अधिकाशं नेताहरुले तिन टुक्रा भएको पार्टीलाई एकतावद्ध बनाएर नया पुस्तालाई नेतुत्व हस्तान्तरण गर्नुपर्ने आवश्यक्ता रहेको बताएका थिए । राष्ट्रवादको आधारमा एकिक्रीत पार्टीलाई अगाडी बढाउनु पर्ने र पार्टी एकतावद्ध नभएमा पार्टी अझ धारासायी हुन सक्ने उनीहरुले राजालाई बताएका थिए । स्रोतको अनुसार उक्त भेटघाटमा राप्रपाका केन्द्रीय उपाध्यक्ष तथा पुर्व मन्त्री बुद्धीमान तामाङ्ग , राप्रपा प्रजातान्त्रीकका महामन्त्री राजाराम श्रेष्ठ , सह— महामन्त्री शुरेस आचार्य, सगुन शुन्दर लावती एवम पुर्व मन्त्री भास्कर भद्रा तथा राप्रपा राष्ट्रवादीका ताराानाथ लुइटेल रहेको स्रोतले जानकारी दियो । भेटघाटमा रहेका नेताहरुले राजासँगको भेटलाई पार्टी नेतुत्व सँग पुर्याउने बताएको स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया