इटहरी । सुनसरीको गढी गाउँपालिका वडा नं १  कार्यक्रम सम्पन्न भएको छ ।

मानव अधिकार संचार प्रतिष्ठान सुनसरीको आयोजनामा सम्पन्न कार्यक्रममा सरोकारवालाहरुले अदालतीय प्रकृयाका साथै अदालतीय कामकाजलाई सहज र सरल वनाउने विषयमा सहभागीहरुको जिज्ञासाका जवाफ दिएका थिए । कार्यक्रममा अदालत प्रकृयाका विषयमा कार्यक्रममा सहभागी भएका सर्वसाधारणहरुले विभिन्न जिज्ञासा राखेका थिए भने सर्वसाधारणका जिज्ञासाहरुको सुनसरी जिल्ला अदालतका श्रेस्तेदार नवराज आचार्य र सरकारी वकिल कार्यालय सुनसरीका न्यायधिवक्ता भरतमणि रिजालले जवाफ दिएका थिए । उनीरुले अदालती प्रक्रिया , जिल्ला अदालत र सरकारी वकिल कार्यालयको काम , कर्तब्य र अधिकारका बारे सहभागीहरुलाई जानकारी गराएका थिए । अन्र्तक्रिया कार्यक्रममा जिल्ला बार एसोसीएसनका कार्यकारी सदस्य परिचय अधिकारी , गढी गाउपालिका १ का वडा अध्यक्ष शंकरप्रसाद चौधरी , महिला सदस्य चन्द्रकला कुमारी माझी , दलित महिला सदस्य रिता कुमारी खत्वे , वडा सदस्य कादिर हुसैन , पुर्व गाविस अध्यक्ष भद्रनारायण चौधरी , प्रहरी चौकी मधेलीका प्रहरी सहायक निरीक्षक गजाधर चौधरी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको औचित्यका विषयमा मानव अधिकार संचार प्रतिष्ठान सुनसरीकी संयोजक रंजिता दहालले प्रकास पारेकी थिइन ।

तपाईको प्रतिक्रिया