इटहरी । सुनसरी जिल्लाको साविक मधुवन ९ अर्थात हालको बराहक्षेत्र नगरपालिका ११ इक्राही बस्तीमा हिजो राती भिषण आगलागी हुँदा कम्तिमा ६० लाख बढिको नोक्सानी भएको प्रारम्भिक अनुमान गरेको बताईएको छ । आगलागीमा कम्तिमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडा अध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिनुभयो । क्षतिको एकिन विवरण आउन अझै समय लाग्ने पनि उहाको भनाई रहेको छ ।
आगलागीमा बस्ती नै सखाप भएको तथा केही बालबालिकाहरु प्नि सामान्ने घाईते भएका छन । उक्त आगलागीमा दुईवटा चौपाया पनि जलेर मरेको पनि पीडितले बताएको वडा अध्यक्ष विष्टले जानकारी दिनुभएको छ । आगो कसको घरबाट निक्लिएको हो भन्ने एकिन नभएको पनि उहाँले जानकारी दिनुहुँदै क्षतिको अझै एकिन विवरण आई नसकेको बताउनुभयो ।
बराहक्षेत्र नगरपालिकाका मेयर लिलम खनालले निकै ठूलो विपद परेकाले नगरपालिकाले तत्काल आपतकालिन राहतका विषयमा अहिले विहानै स्थलगत अवलोकन गर्ने कार्य भई रहेको तथा आपतकलिन सहयोग उपलब्ध गराउन नगरपालिकोले तयारी गरिरहेको जानकारी दिनुभयो ।
बस्ती नै सखाप हुने गरी भएको आगोलाई इटहरी धरान इनरुवा र राजविराजबाट आएको चार बारुणयन्त्र तथा नेपाली सेना शसस्त्र प्रहरी र जनपथ प्रहरी एवम स्थानीयवासीको सक्रियतामा राती १ बजेतिर आगोलाई पूर्ण नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।
आगलागीमा परेर स्थानीयवासी सवैको घरमा भएका खाद्यान्न लत्त ाकपडा बहुमुल्य सुनचाँदी भाडाबर्तन लगायत सवै नै खरानी भएकाले उनीहरुका लागि आपतकालिन सवै प्रकारका राहतको आवश्यकता रहेको पनि प्रहरी नायव उपरीक्षक चिमोरियाले जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया