मेघराज तामाङ

संखुवासभा । संखुवासभाको बरुण बहुमुखी क्याम्पसबाट कक्षा १२ र विवि एस दोश्रो वर्षको विद्यार्थीहरुले अरुण बीएसबीके इटा टायल उद्योगको शुक्रबार अनुगमन गरेको छ । व्यवस्थापन विभागका संयोजक नवराज कार्कीको नेतृत्वमा १०२ जना विद्यार्थीहरुले उद्योगको अनुगमन गरेको हो । विद्यार्थीहरुलाई बजार व्यवस्थापन साथै मार्केटिङ रिर्पोटीङ, औद्योगिक तथा व्यवस्थापन सम्बन्धि थप ज्ञानका लागि अनुगमनमा लगिएको संयोजक कार्कीले बताए । अनुगमनको क्रममा विद्यार्थीहरुले त्यहाँका कामदार सर्वसाधरण साथै सरोकारवालाहरुसँग पनि उद्योगको बारेमा जानकारी लिएका थिए ।
उद्योग अनुगमनमा विद्यार्थीहरुलाई समूह–समूहमा विभाजन गरिएको र प्रत्येक समूहका विद्यार्थीहरुले प्रतिवेदन पेश गर्ने र पेश भएको उत्कृष्ट प्रतिवेदन समूहलाई पुरस्कृत गरीने छ । यसैगरी अन्य विभागका विद्यार्थीहरुलाई पनि अन्य उद्योगमा स्थलगत अनुगमनमा लगिने क्याम्पसका कार्यवाहाक सभापति तथा स्ववियु सचिव दीपन कुलुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया