सन्तोष न्यौपाने

झापा । सुर्तीजन्य पदार्थ तथा लागुऔषध दुव्र्यसनविरुद्ध विद्यालय सचेतना कार्यक्रम शुक्रबारबाट सुरु भएको छ । लागुपदार्थरहित स्वास्थ्य समूदायका लागि हाम्रो अभियान भन्ने मुल नाराका साथ सचेतना कार्यक्रम सुरु गरिएको हो ।
बिर्तामोड नगरपालिकाको सहयोग र चेतना नेपालको आयोजनामा शुक्रबार बिर्तामोड–९ मा रहेको दुर्गा माविका विद्यार्थीमाझ सचेतना कार्यक्रम सुरु गरिएको छ ।

बिर्तामोड नगरपालिकाका प्रमुख धुब्रकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार एकराज गिरी, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी कृष्णप्रसाद कोइराला, बिर्तामोड–९ की वडाध्यक्ष पवित्रा पाठकले साथीभाईको लहैलहैमा लागेर कैयौं विद्यार्थीले आफ्नो भविष्य बर्बाद गरेको भन्दै लागुऔषधको दुव्र्यसनबाट टाढै रहनु पर्ने औंल्याए ।

विद्यार्थीलाई अभिभावकले आफ्ना नानीहरुलाई खाजा खान दिएको रकमको दुरुपयोग गर्दै लागुऔषध किनेर खाने गरेको समेत पाइएकाले आफ्ना नानीहरुको रेखदेख र ख्याल गर्न कार्यक्रमका बक्ताहरुले अनुरोध गरेका थिए । विद्यालयका साहायक प्राध्यापक लक्ष्मण शिवाकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका अध्यक्ष इन्द्र ओलीले गरेका थिए ।

चेतना नेपालले बिर्तामोड नगरपालिकाका नीजि तथा सामुदायिक २० वटा बिद्यालयमा सचेतना कार्यक्रम गर्ने तयारी गरेको कार्यक्रम संयोजक अम्बिका शिवाकोटीले बताइन् । संस्थाले शिवसताक्षी नगरपालिकाका ११ वटा विद्यालय र भद्रपुर नगरपालिकाका बिभिन्न टोल बिकासमा कार्यक्रम सम्पन्न गरिसकेको संस्थाकी सह–संयोजक गंगा नेपालले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया