रबिन्द्र बराल
रंगेली ।  मोरङको रंगेली नगरपालिका ७ मा २०५३ सालमा अवस्थित भानु मेमोरियल एकाडेमी बोर्डीङले शनिबार १९ औ वार्षिकोत्सब विभिन्न कार्यक्रम गरिएको थियोे । उक्त कार्यक्रममा पानसमा बत्ती बालेर
रंंगेलीका मेयर दिलिप बगडीयाले गरेका थिए। सो कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र मंन्डल,रुपेश मंन्डल,मिनिल्यान्ड बोडिङ स्कुलका बिकर्ण कार्की ,पन्नालाल मंन्डल,लगायत को उपस्थित समेत रहेको छ । कार्यक्रममा बोर्डीङका कक्षा नर्सरी देखी १० सम्मका बिधार्थीहरुलाइ बर्ष भरि भएको खेलकुद तथा अन्य क्रियाकलाप मा प्रथम,द्वतिय,र तृतीय हुने छात्र ,छात्रा हरुलाई पुरस्कर समेत प्रदान गरेका थिए । उक्त कार्यक्रममा बिधार्थि हरुले मौलिक सस्कृतीक झल्काउने नृत्य तथा बिधार्थीले बनाएको हस्तकलाका सामाग्री समेत प्रदशन गरिएको थियोे । मेयर दिलिप बगडीयाले भने मेरो लागि सरकारी बिधालय र निजि बिधालय सबै बराबर रहेको र अबका दिन हरुमा निजि लाई पनि सहयोग गर्ने प्रतिव्रधता जनाएका छन । उनले भने निजि बिधालय ले शुल्क भने कम गर्नु पर्ने कुरामा जोड दिएका थिए । ग्रामीण क्षेत्रमा रहेर पनि रगेलीका निजि बिधालयले गरेको सफलताको प्रशासा समेत गरेका थिए ।
प्याब्सन मोरगका अध्यक्ष समेत रहेको प्रीन्सिपल सुनिल पौडेलले आफ्ना बिधार्थीहरु लण्डन बाट पि एज डी डाक्टर ,नर्स ,प्राध्यापक समेत भएको बताउनु भयो । उक्त कार्यक्रममा बिधालय का संस्थापक नवीन्द्र बिक्रम शाह्को सभापतित्वमा नगरपालिका को सभा हलमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया