इटहरी, ३ चैत । विश्व सामाजिक कार्य दिवश समारोह समिति इटहरीको संयोजनामा यही चैत ६ र ७ गते सुनसरीको इटहरीस्थित दुर्गा पार्टी प्यालेसको सभाकक्षमा दुई दिने प्रादेशिक भेला सम्पन्न गर्ने सम्पूर्ण तयारी पुरा भएको छ ।

उक्त कार्यक्रमका िवषयमा जानकारी दिन इटहरीमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक शैलेन्द्र राईले विश्व सामाजिक कार्य दिवशको तयारी र त्यसको महत्वका विषयमा जानकारी दिनुहुँदै उहाँले सामाजिक विषयको अध्ययनकर्ता विद्यार्थीहरुलाई कसरी समाज समुन्नत बनाउन सकिन्छ भन्ने विषयमा ब्यपाक छलफल चलाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

दुई दिने कार्यक्रममा विश्व सामाजिक कार्य दिवश समारोहमा युवाहरुको जिम्मेवारी र भूमिका तथा समाज समुन्नत तुल्याउन अपनाईनु पर्ने भूमिकाका कविषयमा खेल्नुप र्ने भूमिका एवम जिम्मेवारीका विषयमा जिम्मेवार युवा जनशक्ति तयार गर्ने विषयमा समेत विशेष छलफल कार्यक्रमहरु ग्रिने तयारी भएको बताईएको छ ।

स्नातक तहका अध्ययन गर्ने प्रदेश एकका विद्यार्थीहरुको विशेष सहभागिता गराईने उक्त कार्यक्रममा विभिन्न विषयका सफल र दक्ष विज्ञहरुको सहभागितामा कसरी सफल बन्न सकिन्छ भन्ने अनुभव आदान प्रदानसँगै अपनाउनु विधि आदिका विषयमा अनुशिक्षण समेत गरिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा बताईएको छ ।

साथै सोही समारोहमा सामाजिक परिवर्तनका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आउनु भएका समाजसेवीहरुलाई सम्मानसँगै युवा पुस्तालाई कसरी सामाजिक परिवर्तनका सफल अभियन्ता बन्न सकिन्छ भन्ने प्रेरणादायी ज्ञान समेत उपलब्ध गराउने कार्यक्रम रहेको कार्यक्रमका सहसंयोजक यामकुमार दाहालले जानकारी दिनुभयो ।

विश्व सामाजिक कार्य दिवश समारोहका अध्यक्ष कुवेरजङ्ग थापाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सचिव निराजन पाण्डे र कोषाध्यक्ष स्वेच्छा ओझा लगायतले तयारीका विषयमा जानकारी दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया