इटहरी । टेवा बचत तथा ऋण सहकारी संस्था इटहरीले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत इटहरीको रेइकाइ चोकमा आयोजित रक्तदान कार्यक्रममा ३५ जना शेयर सदस्य तथा अन्य समाजसेवीहरुले रक्तदान गरेका छन् ।
प्ुार्वी नेपालका अस्पतालहरु उपचारार्थ आउने विरामी वा घाईतेहरुका लागि दुर्लभ समुहको रगत अभाव हुने गरेकाले त्यसलाई सहज पूर्तिका लागि रक्तदान कार्यक्रम गर्नु परेको सहकारीका अध्यक्ष इश्वरी पराजुलीले जानकारी दिए ।
सोही अवसरमा रक्तदान कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटी इटहरीका अध्यक्ष बिमल पौडेलले अस्पतालमा रगतको अभाव हुन नदिनका लागि इटहरीका विभिन्न सामाजिक सङ्घ संस्थाले हरेक बर्ष महत्वपूर्ण कार्यमध्येको रक्तदानलाई विशेष ध्यान दिएर रक्तदान कार्यक्रमहरु आएको बताए ।
न्ेपाल रेडक्रस सोसाइटी धरान,र रक्त सञ्चार केन्द्र धरानको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया