इटहरी । न्यायमा सवैको पहँुच पुर्याउने उद्धेश्यले सुनसरीका ग्रामिण वस्तीहरुमा समुदायका विचमा अदालत कार्यक्रम सञ्चालन गरिदै आएको छ ।

न्यायिक बाह्य पहुँच कार्यक्रम अन्र्तगत उच्च अदालत विराटनगर र सुनसरी जिल्ला अदालतको आयोजनामा सुनसरीको बराह नगरपालिका ९मा समुदायका विचमा अदालत कार्यक्रम गरिएको हो । न्यायमा सवैको पहुँच अभिवृद्धि गर्ने तथा न्याय सम्पादनका विषयमा जानकारी दिने आयोजना गरिएको कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायधिश डा.कुलरत्न भुर्तेल लगायतले न्याय सम्पादनका विषय तथा अदालतीय गतिविधिका विषयमा जानकारी दिएका थिए । कार्यक्रममा बराह नगरपालिकाका जनप्रतिनिधीहरुका साथै वराह नगरपालिका ९का सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा न्याय सम्पादनलाई सहज वनाउने विषयका साथै न्यायलयमा आफुहरुले सेवा लिने क्रममा भएका जटिलताका विषयमा सर्वसाधारणले आफनै गाउँमा आएका न्यायधिशहरु समक्ष गुनासो र सुझाव दिएका थिए । कार्यक्रमका विषयमा सुनसरी जिल्ला अदालतका श्रेस्तेदार नवराज आचार्य , नेपाल वार एशोशियसन सुनसरीका अध्यक्ष प्रेमप्रसाद पोखरेल, सुनसरी जिल्ला अदालतका मुख्य न्यायधिश पुरुषोत्तम ढकाल लगायतले न्याय सम्पादनका विषयमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया