पथरी । मोरङ पथरीशनिश्चरेमा रहेको श्री न्यूपेगोडा आवसिय अग्रेजी माध्यमिक विद्यालयले आफना एस ई ई परीक्षा दिन लागेका विधार्थीहरुलाई बिदाई गरेको छ ।
चैत ८ गते देखि सुरु हुने एस ई ई मा सामेल आफना बिध्याथीहरुलाई बिध्यालय परिसरमा शुक्रबार एक कार्यक्रम बिच बिदाई गरेको हो । एस ई ई परिक्षामा २५ जना विधार्थी सहभागी रहेका छन । २६ बर्ष देखि निरन्तर शिक्षा क्षेत्रमा लागि परेको संस्थाले आफुलाई अग्रस्थानमा राख्न सफल रहेको छ । उक्त सस्थाका विधार्थीहरुले बाहिर गएर पनि पहिलो स्थानमा रहेको विद्यालयको दाबि छ ।
विधार्थीको तर्फ बाट एलिस खतिवडा र समीक्षा श्रेष्ठले विद्यालयले यहाँ सम्म ल्याईपुर्याएकोमा धन्यबाद दिदै १३ बर्षको अनुभवसुनाउदै भावबिहिल भएका थिए । विद्यालयका तर्फबाट प्रिन्सिपल टीका दंगालले १३ बर्ष सम्मा हामी बिच जस्तो संबन्ध थियो त्यस्तौ रहिरहोस भन्दै विधार्थीहरुको उज्जल भबिष्यमा कामना गर्नु भयो । हिजोको जस्तो सुनौलो मैका हैन प्रतिस्पर्दाको समय भएकाले आफनो रुचि अनुसार अधि बढन सधै स्कुल सकरात्मक रहेको ढंगालले बताउनु भयो

तपाईको प्रतिक्रिया