सन्तोष न्यौपाने
झापा । ट्यांकर चलकको आन्दोलनका कारण भारतकोबाट आयात हुने पेटोलियम पदार्थ आयत नहुँदा झापा लगायत मेची पहाडी जिल्लामा तेलको आपूर्तिमा समस्या देखिएको छ । भारतबाट आयात हुने इन्धन चोरी र चुहावट नियन्त्रण गर्न ट्याङ्करमा ‘लकिङ सिस्टम’ नेपाल आयाल निगमले जडानगरेपछि ट्याङ्कर चालक आन्दोलीत भएका हुन् ।
बुधबारदेखि इन्धन ढुवानी गर्ने टयांकरमा तेल चोर्न नमिल्ने ‘लकिङ प्रणाली’ जडान गरीएपछि यसको विरोधमा टयांकर चालक आन्दोलित बनेका हुन् । ट्यांकर चालक तथा सहचालकहरुले प्रणाली सुरु गर्नु एक दिन अघि मंगलबारदेखि तेल ढुवानीमा अवरोध गरेका हुन् ।
ढुवानीमा अवरोध गर्दा पूर्वको झापा, इलाम, पाँचथर र चाप्लेजुङ जिल्लामा आपूर्ति बिथोलिएको निगमको चारआलीस्थित क्षेत्रीय शाखा कार्यालयले जनाएको छ । इन्धन ढुवानी व्यवसायीबाट सहयोग नपाएका कारण पूर्वमा तेल को समस्या निम्तीएको हो ।
आपूर्ति रोकिंदा झापाका अधिकांश प्रेटोल पम्पहरु बन्द भएका छन् भने केहीले बाँकी रहेका प्रेटोलियम पदार्थ बिहीबार पनि बिक्री गर्दा ती पम्पहरुमा सवारीसाधनको भिंड लागेको थियो । मेची पहाडी जिल्लामा पनि केही हजार लिटर मात्र तेल भएकाले शुक्रबारबाट आपूर्तिमा झनै समस्या आउने निगमको चाराली स्थित क्षेत्रिय शाखा प्रमुख सनम कार्कीको भनाई छ ।
चालकले पेटोलियम एक सय लिटरसम्म इन्धन चोर्ने गरेको कारण लकिङ प्रणाली लागु गरेको र सोही कुरालाई आधार मानेर उनीहरुले अनावश्यक आन्दोलन गरेको आरोप निगमको अधिकारीहरुको दाबी छ ।
निगमका कार्यकारी प्रमुख सुशील भट्टराईले लकिङ प्रणाली जडान गरेर कसैको अहित र अप्ठयारो पार्ने नियत निगमले नराखेको बताउँदै पेट्रोलियम व्यवसायमा देखिएको समस्या र आलोचना सम्बोधन गर्न जडान गरेकोले यसलाई ट्यांकर मजदुरहरुले पनि सहयोग गर्नुपने बताए ।
केही सीमित स्वार्थमा देखिएको असन्तुष्टिले जडान प्रक्रिया नरोकिने उनले बताए । झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले लकिङ प्रणाली निगम र व्यवसायीको हितमै रहेको बताउँदै आपूर्ति व्यवस्थामा अवरोध भए राज्य सहेर नबस्ने बताए ।
यता झापाका प्रमुख जिल्ला अधिकारी तिवारीले चालकका जायज मागहरू निगम, डिलर एसोसिएसनले पनि पूरा गर्नु पर्ने औंल्याउंदै ढुवानीमा अवरोध भए सरकारलाई असह्य हुने बताए । पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले व्यवसायीको साख जोगाउनकै लागि पनि प्रणाली जरुरी भएकाले मजदुरले अवरोध गर्नु भनेको उनीहरूकै अहितको काम भएको बताएका छन् ।
यता मजदुरहरु भने यस अघि २०७३ साल फागुनमा निगमसँग भएको १२ बुँदे माग पूरा नभए सम्म ट्यांकर नकुदाउने भन्दै बसेका छन् ।

तपाईको प्रतिक्रिया