इटहरी । पूर्वकै सफा हरियाली र सुन्दर नगर बनाउने इटहरीबासीको चाहाना र सक्रियतामा निर्वाचित जनप्रतिनिधि आएपछि बढेको बेथितिले आफुहरुलाई इटहरीबासी भनाउँदा लज्जित र बेइज्जतीको महसुस गर्न बाध्य हुनु परेको दुखेसो पोखेका थिए ।
इटहरीको फोहोर मैला ब्यवस्थापनमा कार्यरत इन्भाईरो केयर कन्सर्न प्राभईभेटको संयोजनामा इटहरी उप–महानगरपालिकाले आयोजना गरेको फोहोरमैला ब्यवस्थापन सम्वन्धि अन्तरक्रिया कार्यक्रममा अधिकाङ्श वक्ताहरुले गुनासो गरेका थिए ।
फोहोरमैला ब्यवस्थापन सम्वन्धि ऐन कानुनहरु निर्माण भए पनि इटहरी उपमहानगरपालिकाले कार्यान्वयन गर्ने पक्षमा सिन्को समेत भाँच्न नसकेको र विभिन्न गैर सरकारी सङ्घ संस्थाले फोहोरमैला ब्यवस्थापनमा सक्रियता देखाउँदा पनि उप महानगरले कार्य गर्न नसकेकोमा गुनासा गरेका थिए ।
कार्यशालामा अधिबक्ता पदमबहादुर श्रेष्ठले फोहोरमैला ब्यवस्थापन सम्वन्धि सय वटा कानुन निर्माण भई सकेकाले त्यसको न्यूनतम कार्यान्जयनमात्र गर्ने हो भने पनि पूर्वूकै सुन्दर शहर इटहरीलाई साँच्चिकै सुन्दर शहर बनाउन कसैले रोक्न नसक्ने कुरामा जोड दिए । अधिवक्ता श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै इटहरीले यहाँको फोहोर र प्रदुषित दृष्य नदेखिने अवस्था सिर्जना गर्न अलिकति कानुन कार्यान्वयनको पाटोमा सक्रियता देखाउन नरुरी रहेको बताए ।
सोही अवसरमा अर्का सहजकर्ता डा. सुमित्रा अमात्यले शहरमा उत्पादन हुने जैविक र अजैविक फोहोरलाई छुट्याएर विसृन गरी कम्पोष्टिक मल बनाउने कार्यमा उप महानगले विशेष चासो राख्नासाथ यहाँ उत्पादन हुने फोहोरका सहजै ब्यवस्थापन हुने विश्वास ब्यक्त गरिन ।
इटहरी उप महानगरका मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको उक्त कार्यशालामा इटहरी उप महानगरका बातावरण शाखाका अधिकृत पुष्पनारायण चौधरी अग्रज पत्रकार याम प्रधान, मिलन बुढाथोकी र सफाई क्षेत्रमा सक्रिय निर्मला चौधरी र इन्भाईरो केयर कन्सर्नका अध्यक्ष मानध्वज मोक्तानले इटहरीको फोहोरमैला ब्यवस्थापन सम्वन्धि आ आफ्नो दृष्टिकोण राखेका थिए ।
इटहरीले पूर्वकै सवै स्थानीय तहमध्ये पहिलो चोटी आफ्नौ फोहोरमैला ब्यवस्थापन गर्ने केन्द्रको निर्माण गरिरहेको तथा त्यसको निर्माण अन्तिम चरण पुगेको अवस्थामा काममा ढिलाई हुने क्रम तिव्र भई रहेको छ । करोडौको लगानी भई सकेको उक्त फोहोरमैला ब्यवस्थापन केन्द्र निर्माणमा उप महानगरपालिकाले खासै ध्यान दिन नसकेको पनि गुनासो गरिएको छ । इटहरीमा दैनिक उत्पादन हुने ३० देखि ५० मेट्रिक टन फोहोर ब्यवस्थापनमा कठिनाई प्रारम्भ भई सकेको छ ।

तपाईको प्रतिक्रिया