इटहरी । थारु मिडिया सोसाईटी सुनसरीले शुक्रबार देखि इटहरी उपमहानगरको खनारको रेडक्रस सोसाइटीको हलमा पाँच दिने पत्रकारिता तथा उद्घोषण सम्वन्धि
तालिम प्रारम्भ गरेको छ ।
३० जना थारु समुदायका किशोर, किशोरीहरुलाई पत्रकारितासँगैे उद्घोषण सम्वन्धि तालिम कला सिकाई दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले आयोजित तालिमको झुम्का एफएमले सहयोग गरेको छ । तालिम उद्घाटन समारोहमा अग्रज पत्रकार याम प्रधानले तालिममा सहभागि किशोर तथा किशोरीहरुले तालिमलाई जीवनपयोगी बनाउन आफुलाई सक्रिय तुल्याृउन जरुरी रहेको बताए ।
थारु मिडिया सोसाईटी सुनसरीका संयोजक निशानप्रकृति थारुको अध्यक्षतामा उद्घाटन गरिएको उक्त तालिम कक्षका इटहरी उप महानगर १२ का वडा अध्यक्ष हेमानन्द दाहालले उद्घाटन गरेका थिए । कार्यक्रममा प्रशिक्षक रामानन्द चौधरी रुपमाया चौधरी लगायलते आ आफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया