इनरुवा । दुइ दसक देखि प्रहरी सेवामा कार्यरत इनरुवा ९ बवियाका झोटन मेहताले राष्ट्यि भावनाको गित रचना संगित गरी सांगितिक यात्रा सुरु गरेका छन ।

उनले हालै बजारमा ल्याएको हाम्रो साझा नेपाल नामक एल्वमको हिमाल मेरो भन्छन कोही ,पहाड मेरो भन्छन कोही ,तराई मेरो भन्छन कोही , नेपाल हाम्रो नभन्नाले बस्नु पर्ला रोई बोलको गित धेरैले युटुवमार्फत हेरि सकेका छन । लामो समय देखि सुरक्षाकर्मीका रुपमा काम गरिरहेका झोटनले एक दर्जन बढी गित रचना र संगित दिइसकेको वताएका छन । जीवनका भोगाई र अनुभवहरुलाई समेटेर गित रचना गर्ने मेहताका हिमाल मेरो भन्छन कोही भन्ने गित युटुवमा हेर्न सकिन्छ । मिगंमा शेर्पाको स्वरमा रहेको सो गितको शव्द संगित दिने मेहताले अन्य गितहरु समेत चाँडै वजारमा ल्याउने वताएका छन ।

२०५३ सालदेखि नेपाल प्रहरीको प्रहरी जवान पदबाट सेवा सुरु गरेर असई भएका मेहता आफुहरुले जागिरका शिलशिलामा विभिन्न ठाउँहरुमा पुग्दा समेटेका भोगाई र अनुभव साथै त्यस ठाउँको परिवेशलाई अध्ययन गरेर गित रचना गर्ने गरेका छन । गितमा शब्द र संगित दिदै आएका मेहताले आगामी दिन स्वर समेत आफै दिने सोच वनाएको सुनाए ।

तपाईको प्रतिक्रिया