धनकुटा । कोशी राजमार्ग भएर आवत जावत गर्ने सवारीसाधनका यात्रुहरुलाई लक्षित गरी धनकुटाको मुलघाटमा उखु तथा मौषमी फलफुल विक्री गरेर आत्मनिर्भर भएका महिलाहरुले राम्रो आम्दानी गर्ने गरेका छन ।

मुलघाटमा सवारीका साधनहरु रोकीएपछि केही महिलाहरु उखु तथा फलफुल लिएर गाडि तर्फ दौडन्छन ,यसरी नै सडक क्षेत्रमा व्यापार गर्ने मुलघाटका महिलाहरुले राम्रो आम्दानी गर्ने गरेका हुन ।

कोशी राजमार्ग अन्र्तगत मुलघाट भएर चल्ने सवारीका साधनहरुका यात्रुहरुलाई मुख्य ग्राहकका रुपमा लिने यि महिलाहरुले धनकुटा क्षेत्रमा उत्पादन हुने मौषम अनुसारका फलफुल र सागसब्जी बेचेर जीविका चलाउने गरेको वताउछन । मुलघाट क्षेत्रमा यसरी सवारीका साधनका यात्रुहरुलाई लक्षित गरी फलफुलको व्यापार गर्ने महिलाहरुको संख्या ४०को हाराहारीमा रहेका छन । यात्राका समयमा उखु तथा फलफुल खरिद गरेर खानेहरु मात्र हैन पहाडि क्षेत्रको उत्पादन आफनो ठाउँमा भन्दा सस्तोमा पाइने भएका कारण पनि तराईमा वसोवास गर्नेहरुले बढी किनेर लैजाने गरेको व्यापारीहरु वताउछन । दैनिक ४० देखि ५० हजार सम्मको मौषम अनुसारका उत्पादन गाडिका यात्रुहरुले खरिद गर्ने हरुको उखु विक्री गर्दै गरेको एक महिलाले वताइन । त्यसै गरी उखु नै बेच्दै गरेकी अर्की महिलाले जति धेरै गाडि रोकिन्छ भने अनि आफुहरु दौडिएर पुग्न सक्यो त्यती नै विक्री हुने गरको सुनाइन । दैनिक एक जनाले दुई हजार २५सय सम्मको विक्री गर्ने गरेको उनीहरुले जानकारी दिए । अहिले उखुको सिजन भएकाले उखु विक्री गर्ने गरेको भएपनि अब केही दिन पछि देखि सइजैनको पनि विक्री बढी हुने उनीहरु सुनाउछन । त्यसै गरी यो क्षेत्रका सवारीका साधनका यात्रुहरुलाई लक्षित गरी व्यापार गर्ने महिलाहरुले आपँ ,अम्बा लगायतका मौषमी उत्पादनहरुको विक्री गर्ने गरेका छन । मुलघाटमा सवारीसाधनहरुका यात्रुहरुलाई लक्षित गरी मौषमी फलफुलको व्यापार गर्नेहरुमा पुरुषहरुको तुलनामा महिलाको संख्या उल्लेखिय रहेको छ । यस क्षेत्रमा मौषम अनुसारका उत्पादनहरुको व्यापार हुने भएका कारण बाह्ै महिना ब्यापार हुने गरेको देखिन्छ ।

तपाईको प्रतिक्रिया