कुष्ण भटराई । सामाजिक स्वास्थ्य कार्यक्रम अन्र्तगत स्वास्थ्य बीमा लागु भएको सुनसरीमा बीमा गर्नेहरुको संख्या दिनप्रतिदिन बढी रहेपनि बीमीतहरुले पाउनु पर्ने जति स्वास्थ्य सेवा पाउन सकिरहेका छैन ।
नेपाल सरकारले स्वास्थ्य सेवामा जनताको पहुँच वढाउने तथा सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले स्वास्थ्य वीमा कार्यक्रम ल्याएपनि सो कार्यक्रममा दर्ता भएका सुनसरीका बीमीतहरुले पाउनु पर्ने जति स्वास्थ्य सेवा पाउन नसकेका हुन । बीमा कार्यक्रममा सहभागीहरुलाई दिनु पर्ने जती सेवा दिन स्वास्थ्य संस्थाहरुले सकीरहेको देखिदैन । स्वास्थ्य बीमा गरेकाहरुलाई दिनु पर्ने सेवा दिन सक्ने गरी जिल्लामा स्वास्थ्यकर्मी , औषधी र उपकरणहरु नभएको दिन नसकिरहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख मुकुन्दराज गौतम बताउछन । उनले सुनसरीमा वीमा गर्नेहरुलाई सेवा दिने जिल्लामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरुमा समेत आवश्यकता अनुसार चिकित्सक नभएको ,उपकरणहरु अभाव रहेको तथा तोकीए अनुसार औषधी उपलब्ध गराउन सक्ने अवस्था नरहेको जानकारी दिएका छन ।

स्वास्थ्य बीमा अन्र्तगत सुुनसरीमा १८हजार जती मानिसहरु बीमा कार्यक्रममा दर्ता भई सकेका छन । पाँच जना सम्मको परिवारका लागि बार्षिक २५सय र थप सदस्यहरुका लागि प्रति सदस्य ४सय २५ तिर्दा ५०हजार बराबरको स्वास्थ्य परिक्षण सहित सरकारले तोके बमोजित ल्याव सेवा, सामान्य अपे्रसनका साथै औषधि समेत पाइने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया