गोपाल ÷ प्रतिक

विराटनगर। विराटनगर १ जम्टोकीकी १७ बर्षीय युवती आईसा चौधरीको मृत्यु रहस्यमय बनेको छ । एक बर्ष अघि स्थानीय जय प्रकाश राजवंशीको मार्फत काठमाण्डौका बिनय दाहालको घरमा काम गर्न बसेकी युवतीको मृत्यु प्रकरण रहस्यमय बनेपछी प्रहरी अनुसन्धन शंकाको घेरामा परेको छ ।
स्थानीयबासीका अनुसार आईसा गत चैत्रमा बिनयको घर काम गर्न काठमाण्डौ पठाईएको थियो । तर गएको दशैमा उनि घर फर्केकि थिईन । दशैमा उनले बिनयको घरमा कामगर्न जान मानेकिथिईनन । विनयको प्रेशरमा उनि काठमाण्डौ जान बाध्यभईन ।
विनयको घरमा काम गरेर बसेकी आईसा एका एक घरमै झन्डीएको अवस्थामा फेलापरेपछी परीवार तथा आफन्तले उनलाई बलत्कारपछी हत्या गरिएको हुन सक्ने शंका गरेका छन ।
मृतक्का परिवारलाई थाहै नदिई विनयले पोस्टमाटम रिपोर्ट र प्रहरी अनुसन्धान मुचुल्का बनाएपछी प्रहरीको अनुसन्धान समेत बिक्री भएको हुनसक्ने विराटनगर १ का सर्वसाधारणको भनाई छ । पिडीत परीवारले
मृतकको शब पुनह पोस्टमार्टम गरी सत्यतथ्य पत्तालगाई दोशि उपकर कडा कारवाहीको माग गरेका छन ।
पिडीतकी आमा गुल्जारी चौधरीका अनुसार आईसाको बलात्कार पछी हत्या भएको हो । आईसाको शबको अवस्था हेर्दा योनि क्षतबिक्षत र स्तनमा चोटपटक लागेको देखिन्छ । उनका गालामा थप्पड हानेको पञ्जाको छाप देखिएको छ । तर महानगरीय प्रहरी अपराध महाशाखा सात दोबाटोका अनुसन्धान अधिकृत सुन्दर चौलागाँईले हस्ताक्षेर गरेको स्थलगत मुचुल्कामा
आईसाले आत्यमाहत्या गरेको उल्लेख छ । तर उनका शरीरमा लागेका चोटपटकको बिषयमा अनुसन्धान भएको देखिदैन । यसकारण के भन्न ससकिन्छ भने प्रहरीको अनुसन्धान नै शंकाको घेरामा छ । अर्थात अनुसन्धान प्रक्रिनै बिmत्रीपो भएको हो की ?
तर स्थानीयले आईसाको शबलाई बिराटनगर बजारमा प्रदर्शन गर्ने भएकछन । उनिहरुले जिल्ला प्रहरी कर्यालय र जिल्ला प्रशाशन कार्यालयमा राखेकर आन्दोलन गर्ने चेतावनी दिएका छन । घटनाको दोशिलाई पक्राउगरी तत्काल कारवाही गनुपर्ने , निस्पक्ष छानवीन हुनुपर्ने र पिडत परीवारलाई उचित क्षेती पुर्तीको व्यवस्था हुनुर्ने लगायतका माग राखेर पिडीत परीवारले आन्दोलन गर्ने जनाएका हुन । २५ गते हत्या भएकी आईसाको शब हिजो बेलुका २ बजे राती विराटनगर १ स्थित निवासमा ल्याईएको छ ।

तपाईको प्रतिक्रिया