इटहरी । सुनसरीको इटहरीमा आयोजित प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्रले आयोजना गरेको एक हप्ते तालिम समापन भएको छ ।

तालिम समापन अवसरमा तालिममा सहभागी माकुरा समुहलाई कार्यक्रमका प्रमुख अतिथी सुनसरी जिल्ला अदालत सुनसरीका मुख्य न्यायधीश पुरुषोतम ढकाले सहभागीहरुले प्रमाण पत्र वितरण गरे । सो अवसरमा मुख्य न्यायधीश ढकालले न्यायमा सवैको पहुँच पुर्याउने उद्धेश्यले मेलमिलाप केन्द्रको व्यवस्थाले सहज वनाएको वताए । कार्यक्रममा प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रका पुर्वाञ्चल प्रमुख हिमबहादुर डिसी, सुनसरी जिल्ला अदालतका श्रेस्तेदार नवराज आचार्य, अग्रज पत्रकार याम प्रधान, लिलाराज भट्टराई लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया