इटहरी । सुनसरी जिल्लाको सदरमुकाम इनरुवा ४ मा भारतबाट भन्सार छलेर आयात गरेको कपडा लुकार्य छिपार्य ल्याई लुकाएको अवस्थामा फेला पारि प्रहरीले उक्त कपडा नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
जिल्लाबाट खटिएको प्रहरी गस्ती टोलीका प्रहरी देख्नासाथ आयातकर्ताहरु भने तत्काल फरार रहेको र लत्ताकपडा भने छाडेर भागेकाले १ लाख ७२ हजार ६ सय रुीपयाँको उक्त अवैध आयात भएको कपडा कार्वाहीका लागि सुनसरी सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज बुझाएको पनि प्रहरीले जानकारी दिएको छ ।
भारतबाट अवैध रुपमा भन्सार छलेर अवैध रुपमा भन्सार छलेर कपडा आयात गर्ने कार्यमा सम्लग्न रहँदै आएका फरार तस्कर ब्यापारीको भने खोजी जारी राखिएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया