इटहरी । नेपाल यातायात मजदुर सङ्घको प्रदेश एकस्तरीय तेस्रो अधिवेशनले यातायात क्षेत्रका विषयमा सरकारको दृष्टिकोण स्पष्ट र न्यायोचित बन्न नसकेकाले अव यातायात क्षेत्रका समस्यालाई दीर्घकालिन रुपमा समाधन दिनका लागि स्वतन्त्र आयोग बन्न जरुरी रहेको बताए ।
इटहरीमा आयोजित अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्ने क्रममा यातायात क्षेत्रमा लामो समयदेखि क्रियाशील ब्यवसायी एवम मजदुर नेताहरुले नीजि क्षेत्रको खर्बौको लगानीमा सञ्चालन हुने यातायात क्षेत्रप्रति राज्यको ठोस नीति नभएकै कारणले बेला बेलामा यो पेशा ब्यवसाय धरापमा पर्दै गई रहेको तर्फ पनि नेताहरुले ध्यानाकर्षण गराएका थिए ।
सङ्घका प्रदेश एकका अध्यक्ष पूण प्रधानको अध्यक्षतामा भएको उक्त अधिवेशन उद्घाटन समारोहमा ट्रेड युनियन काङ्ग्रेसका प्रदेश अध्यक्ष नारायणबाबु कार्की, यातायात ब्यवसायी महासङ्घका पूर्व केन्द्रिय अध्यक्ष एवम पुराना ब्यवसायी हिरा उदास ,अजय राइर्, धु्रवराज घिमिरे, गौरी लामा ,कमल राई,शिवराज दाहाल,दिनेश श्रेष्ठ लगायतका नेताहरुले देशमा सवारी साधन माँगभन्दा बढि भित्रने तर चालक अनुमति पत्र दिने निकायले भने सवारी साधनको तुलनामा चालक अनुमति पत्र जारी नगर्ने जस्ता बेथितिकै कारणले सवरी दुर्घट्ना बढ्ने गरेको तथा ट्रापिक प्रहरीले झण्झट दिने जथाभावी रोकेर जरिवाना भराउने जस्ता कार्यले ब्यवसायहरु लाई समस्यामा पार्नेे पनि गुनासो गरेका थिए । अधिवेशनले नयाँ प्रदेश समितिको समेच चयन गर्ने बताईएको छ । साथै भेलाले पुर्ण कुमार प्रधानको अध्यक्षतामा नया कार्य समीती चयन गरेको छ । समितीको उपाध्यक्षमा देउमान लिवागं, महिला उपाध्यक्षमा सिता अधिकारी रेग्मी, सचिवमा रमेश न्यौपाने, सहसचिबमा गान्धी प्रसाद भण्डारी, कोषाध्यक्षमा बिष्णु खत्री , सदस्यहरुमा कुष्ण धिमाल , ड्राबीन संगौला, श्री बहादुर विष्ट, धर्म तामागं चयन भएका छन् ।

तपाईको प्रतिक्रिया