इटहरी । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपाली जनताको आस्था र भरोसाको केन्द्र रहदै आएको नेपाली सेनाको अन्तराष्टिय जगतमा समेत प्रशंसा हुदै आएको वताएका छन ।

पुर्वी पृतना हेडक्वाटर इटहरीमा प्रदेस नम्वर १को भुतपुर्व सैनिक सम्मेलनको समापन कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानसेनापति क्षेत्रीले संयुक्त राष्टसंघको आह्वानमा द्धन्दग्रस्त क्षेत्रमा शान्ति सेनाका रुपमा पुर्याएको योगदानका कारण अन्तरराष्टिय जगतमा उच्च प्रशसां हुदै आएको वताएका हुन । उनले संविधानले निदृष्टि गरेका काम र कतव्यहरुलाई पालना गर्दै आएको नेपाली सेनालाई विकास निर्माणको काम समेत सरकारले सुम्मेको छ जसलाई हामीले चुनौती र अवसरका रुपमा लिएको छौं भने । मध्यपुर्वमा नेपाली सेना सहभागी भए बमोजीम उपल्वध भएको एक करोड २४लाखबाट २०३२सालमा सैनिक कल्याणकारी कोष स्थापना गरिएको थियो भने २०७४सालमा आइपुग्दा ४२अर्व वढी पुगेको प्रधानसेनपतिले जानकारी दिए । कोषका हिताधिकारीहरुको हितका लागि कल्याणकारी कार्यक्रमहरुलाई वढवा दिदै नया कार्यक्रमका लागि नेपाल सरकारसंग स्वीकृत लिई शिक्षा ,स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा लगानी बढाउने सोच वनाइएको समेत सो अवसरमा प्रधानसेनापतिले जानकारी दिए ।

सम्मेलनका अवसर पारेर सेनाका वहालवाला , भुपु तथा परिवारलाई नेपाली सेनाले सञ्चालन गर्दै आएको लघुवित्त कार्यक्रम अन्र्तगत त्रृmण लिनेहरुलाई चेक हस्तँन्तरण गर्नुका साथै जेष्ठ भुपु तथा एकल महिलालाई सम्मान समेत गरियो । त्यसै गरी लघुवित्त अन्तरगर्त ऋण लिएर उत्कृष्ठ रुपमा परिचालन गर्नेहरुलाई समेत सम्मान तथा पुरस्कृत गरियो । सम्मेलनको अवसर पारेर पुर्वी पृतनामा सेनाका बहालवाला ,भुपु तथा पारिवारका सदस्यहरुको निशुल्क स्वास्थ्य परिक्षण र औषधी उपचार समेत व्यवस्था मिलाइएको थियो । सो अवसरमा सेनाका बलाधिकृत रथी पुणचन्द्र थापाले समेत नेपाली सेनाको कल्याणकारी कोषका विषयमा चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया