इटहरी । सुनसरीको इटहरीमा रहे पिस जोन आवासी विद्यालयले २९औं अभिभावक दिवस विविद्य कार्यक्रम गरी मनाएको छ ।

इटहरी क्षेत्रमा रहेका संस्थागत विद्यालयहरु मध्ये पुरानो विद्यालयका रुपमा परिचित पिस जोनले नया व्यवस्थापनका साथ सञ्चालन आरम्भ गरेसंगै २९ अभिभावक दिवस मनाइएको हो । विगतका वर्षहरुमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गरी अभिभावक दिवस मनाउदै आएको पिस जोनले यस वर्ष पनि विद्यालयमा अध्ययनरत उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरुका साथै अभिभावक दिवसका अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिताहरुका विजयी विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको छ । अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापनले नया व्यवस्थापन सहित विद्यालय सञ्चालनमा यस वर्ष देखि ल्याइएको जानकारी दिदै अडियो भिडियोको माध्यमबाट पठनपाठन गराईने जानकारी दिइयो । सो अवसरमा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले शिक्षा क्षेत्रको विकासका लागि सवैको ध्यान जानु पर्नेमा छोड दिए । सो कार्यक्रममा विद्यालयका स्थापक जगदिश प्रसाद ओली लगायतका विद्यालयसंग सम्वन्धित सरोकारवालाहरुले विद्यालयका विगत देखि अहिले सम्मका गतिविधिका विषयमा चर्चा गरेका थिए । सो अवसरमा विद्यार्थीहरुले विभिन्न किसिमका प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया