इटहरी । क्यान महासंघ सुनसरीकाे अायाेजनामा बुधबारदेखि सुरू भएकाे १ नं प्रदेस स्तरीय हिक भिजन क्यान इन्फाेटेक मेलामा अान्तरिक पर्यटकहरूकाे घुइचाे लागेकाे छ । १ नं प्रदेशका मुख्य मन्त्री शेरधन रार्इले उदघाटन गरेकाे साे मेला अागामी २७ गते सम्म सञ्चालन हुनेछ । सुनसरीमा तेस्रो र इटहरीमा पहिलो पटक भइरहेको इन्फोटेकमा कम्प्युटर प्रविधि, स्मार्ट डिभाइस, सेक्युरिटी प्रडक्ट, आइटी शिक्षा, सफ्टवेयर, एप्लिकेशन र ट्रेनिङ कोर्सहरुको बारेमा विभिन्न कम्पनीहरुले प्रदर्शनी गरेका छन् । यस्ता छन् मेलाका केही मुख्य आकर्षणहरू हिक भिजन : हिक भिजन (safety & security trade link) द्वारा राखिएकाे स्टलमा मुख्यत अवलाेकनकर्ताहरूकाे अाकर्षण रहेकाे छ । हिक भिजनले राखेकाे सिसि क्यामेरा प्राेडक्टहरूमा Motion Camera, Face Recolonization Camera, Number Place Recolonization Camera, In/out Counting Camera लगायतका क्यामराहरू बिक्री तथा प्रदर्शनमा राखेकाे छ । बारकोड नेपाल: बारकोड नेपालकाे स्टलमा पनि अवलाेकनकर्ताहरूकाे बाक्लै अाकर्षण रहेकाे छ । QR CODE बाट खुल्ने प्रवेशद्वार , Under Vehicle survellance System, Barcode Printer, ZKAccess Elevator Control System, Online Thumb Attendance लगायतका प्राेडक्टहरू प्रदर्शनमा राखेकाे छ । IT Museum : क्यान महासंघ सुनसरीले विशेषत विद्यार्थीहरुलाई लक्षित गरी IT Museum विशेष प्रदर्शनी राखेकाे छ । Museum मा विश्वकाे सानाे माेवाइल देखी, पुराना टाइपराइटर, HDD, Gramophone, Robot, Telephone, Floppy disk, Computer लगायतका सामानहरू प्रदर्शनमा राखेकाे छ । MSI : महाेत्सवकाे स्टलहरू मध्ये अाकर्षक र जानकारी मुलक स्टलमा MSI कम्पनिले प्रदर्शनमा राखेका प्राेडक्टहरू पनि रहेका छन् । उक्त कम्पनिले ५ लाख बराबरकाे ग्यामिङ कम्प्युटर, अडिटिरियल हलहरूमा प्रयाेगहुने ठ्लाे प्राेजेक्टर (PX9600) लगायतका सामानहरू प्रदर्शनमा राखेकाे छ । FREE WIFI ZONE : मेला भित्र Y- ZONE International ले फ्रि वाइफाइ इन्टरनेटकाे ब्यवस्था मिलाएकाे छ । जुन मेला अवलाेकनकर्ताहरूकाे मेला अवलाेकनलाइ थप राेचक बनाएकाे छ । त्यसैगरी इटहरीकाे इजि कम्प्युटरले प्रत्येक अाधा घण्टामा लक्की ड्र मार्फत निशुलक ESCAN एन्टिभाइरस र ESCAN एन्टिभाइरसकाे खरिदमा ५० प्रतिशत छुट रहेकाे छ , पवित्रम ट्रान्स इकाेनाेभी ले NPAV एन्टिभाइरस खरिदमा १६ जिबी Pendrive Free, चिकनका पारखिहरूलार्इ HFC काे स्वाद , हाेटल प्रिमियर स्कुलका बिद्यार्थीहरूकाे बिभिन्न खानाका परिकारहरू, bizzsansar काे अनलाइन सपिङ, Digicom , LED Light, Canon, TPIlink का बिभिन्न प्रडक्टहरू ले मेलाकाे अाकर्षण थप बढाएकाे छ ।

तपाईको प्रतिक्रिया