इटहरी । नुनदेखि सुनसम्म भन्ने नाराका साथ दैनिक उपभोग्य बस्तु एउटै छानामुनि प्राप्त हुने विश्वास दिलाउँदै आम उपभोक्ताबीच लोकप्रिय बनेको गोरखा डिपार्टमेण्ट स्टोरले सुनसरीको धरानमा आफ्नो ५ औ शाखा सञ्चालनमा ल्याएको छ ।
सुनसरीको इटहरीपछि मोरङ्गको विराटचोक ,पथरी, दमक हुँदै धरान उपमहानगरको धनकुटे रोडमा आफ्नै लगानीमा खरिद गरेको साढे ५ कट्ठा जमिनको क्षेत्रमा १ अर्ब २५ करोड रुपियाँको लगानीमा निर्मित भूकम्पप्रतिरोधी प्रविधिको अत्याधुनिक र सुविधा सम्पन्न गोरखाले आफ्नो पाँचौ शाखा सञ्चालनमाा ल्याएको हो । पूर्वी पहाडी जिल्ला सहित धरानका आम उपभोक्ताहरुको माँग र आवश्यकतालाई ध्यान दिँदै गोरखाले आफ्नो पाँचौ शाखा धरानमा सञ्चालनमा ल्याएको बताएको छ ।
पूर्वी नेपालका ब्यापारिक क्षेत्रको रुपमा परिचित बनेको गोरखा डिपार्टमेण्ट स्टोरले कम्तिमा २ सय ५० जना सर्वसाधारण जनशक्तिलाई रोजगार दिई विधिवत रुपमा सञ्चालनामा ल्याएको पाँचौ शाखा धरान उपमहानगरका प्रमुख तारा सुब्बाले उद्घाटन गरेका थिए । धरानमा उद्घाटन भएको पाँचौ शाखासँगै अव गोरखा डिपार्टमेण्ट स्टोरले हालसम्म पूर्वका विभिन्न शहरमा सञ्चालनमा ल्याएका शाखाहरु मर्फत १२ सयबढि सर्वसाधारण ब्यक्तिलाई प्रत्यक्ष रोजगार दिई सकेको सञ्चालक बलराम आचार्यले जानकारी दिए ।
डिपार्टमेण्ट स्टोर उद्घाटन समारोहमा धरान उपमहानगरका मेयर ताारा सुब्बाले धरानमा यति ठूलो लगानीमा स्थानीयबासीलाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्दै सञ्चालनमा आएको डिपार्टमेण्ट स्टोरले यहाँको विकासमा थप मद्दत पुगेको भन्दै यसबाट धरान शहरबासीले शुलभ स्वस्थ र सहज रुपमा उपभोग्य वस्तु प्राप्त गर्न पाउनु शौभाग्ये भएको बताए ।
कम्तिमा ७५ वटा हल्का साना सवारी साधन र १ हजार थान मोटरसाईकल अण्डरग्राउण्ड पार्किङ्ग सुविधा सहितको २ तले अण्डरग्राउण्ड सहितकोे भवनमा कम्तिमा ६ लाख प्रकारका दैनिक उपभोग्य वस्तुहरु एउटै छानामुनि उपलब्ध गराउने उद्देय सहित विधिवत सञ्चालनमा आएको डिपार्टमेण्टाख स्टोरले धरानको विकासमा ठूलो परिवर्तन ल्याउने विश्वास समेत गरिएको छ ।।
अठार बर्षअघि १४ जना कर्मचारी र करिव २५ सय किसिमका उपभोग्य वस्तुको विक्री कक्षबाट प्रारम्भ भएको गोरखा डिपार्टमेण्ट स्टोरले धरानमा पाँचौ शाखा सञ्चालन गर्दा भवनको माथिल्लो तलामा २ वटा अत्याधुनिक प्रविधिको सहितको चलचित्र हल, विभिन्न उपभोग्य वस्तु सहितको गोरखा किचेन तथा भुई तलामा जापानमा उत्पादन भएका दैनिक उपभोग्य वस्तुको मिनी शो रुम समेत सञ्चालनमा ल्याउने प्रवन्ध निर्देशक सन्तोष आचार्यले जानकारी बताए ।
डिपार्टमेण्ट स्टोर सञ्चालनको विधिवत उद्घाटनअघि बाजाजागा सहित धरान उपमानगरको विभिन्न स्थानहरुमा गोरखा डिपार्टमेण्ट स्टोरममा कार्यरत सम्पूर्ण कर्मचारीहरु डिपार्टमेण्ट स्टोरको आधिकारिक पोशाकमा सहभागि भएर प्रचारात्मक ¥यालीले नगरको परिक्रमा गरेको थियो ।

तपाईको प्रतिक्रिया