इटहरी । १०८औंं अन्तराष्ट्यि श्रमिक महिला दिवसको अवसर पारेर सुनसरीमा पनि महिलाका क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले विविद्य कार्यक्रम गरी मनाएका छन ।
अपांगता भएका महिलाहरुका क्षेत्रमा कार्यरत तरहरामा रहेको नेपाल चेलीबेटी अपांग महिला समाजले प्रतियोगितात्मक रुपमा गायन, चित्रकला तथा ह्विल चेयर प्रतियोगिता आयोजना गरेको छ । शारिरीक रुपमा अपागता भएकाहरुविच ह्विल चेयर ,नेत्रहिनहरु विच गायन प्रतियोगिता र श्रवण शक्तीका नभएकाहरुविच चित्रकला प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा प्रथम द्धितिय र तृतिय तथा शान्तवना हुनेहरुलाई पुरस्कृत गरियो । त्यसै गरी इटहरी उपमहानगरपालिकाले समेत श्रमिक महिला दिवसको अवसर पारेर नगरक्षेत्रमा महिलाहरु हक अधिकार र सशक्तीकरणका क्षेत्रमा कार्यरत संघसंस्थाहरुसंग अन्तरक्रियात्मक कार्य सम्पादनका विषयमा छलफल कार्यक्रम गरी मनाएको छ । अनेम संघले समेत सचेतना मुलक र्याली सहित कोणसभाको आयोजना गरी १०८ औ अन्तरराष्ट्यि श्रमिक महिला दिवस मनायो ।

तपाईको प्रतिक्रिया