विराटनगरकी अनुपमा बाँस्तोला मिस नेपालको अन्तिम २५ मा छनौट भएकी छिन् । ‘द हिँडेन ट्रेजरर’ले आयोजना गर्ने मिस नेपालको २३ औँ संस्करणमा २१ वर्षीया बाँस्तोला अन्तिम २५ मा छनौट हुन सफल भएकी हुन् । २ सय ३१ प्रतिष्पर्धिहरु मध्येबाट उनी अन्तिम २५ मा पर्न सफल भएकी हुन् । मध्यम वर्गीय परिवारमा जन्मिएकी बाँस्तोला सञ्चारIf]qsf] समेत अनुभव बटुलेकी बाँस्तोला पत्रकारीता विषयबाट स्नातक गरेकी छिन् ।    विराटनगरका यूवाहरुमाझमा निकै चर्चित र सक्रिय छवि बनाएकी छिन् । समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउनुपर्छ भन्ने मनोभाव राख्ने बाँस्तोलाले लामो समयदेखि विभिन्न सचेतनामुलक कार्यक्रमको नेतृत्व समेत गर्दै आएकी छन् । उनले लामो समयसम्म यूथ फर ब्लड नामक संस्थामा रहेर स्वय्सेवीका रुपमा जिम्मेवारी वहन गरेकी छिन् । सन् २०१३ मा पूर्वाञ्चल सुपरमोडलको उत्कृष्ट १० मा परेकी बाँस्तोला २०१६ मा देशभरबाट उत्कृष्ट मिस लियोको उपाधी जित्न सफल भएकी थिइन् । निरन्तर मोडलिङ पेशामा सक्रिय बाँस्तोला  मिस नेपाल बन्ने अटोठका साथ अघि बढेकि छिन् ।

सन्दिप बास्तोल/ इटहरी

 

 

तपाईको प्रतिक्रिया