इटहरी । जिल्ला समन्वय समिति सुनसरीको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र जिल्ला शिक्षा कार्यालयको सहयोगमा सुनसरीको इटहरीमा शिक्षामा विधमान नीतिगत व्यवस्था सम्बन्धि एक दिने कार्यशालामा बर्तमान, नीति र शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा ठोस योजना एवम नीति सम्वन्धि कार्यक्रम सम्पन्न गरेको छ ।
सम्पूर्ण स्थानीय तहमा सामुदायिक र अन्य शिक्षण संस्थाहरु परिचालन सम्वन्धि जिम्मेवारी हस्तान्तरण गर्ने राज्यको योजना र नीति मुताविक स्थानीय तहले के कस्तो ढङ्गले शिक्षण सिकाई प्रभावकारी तुल्याउन सकिन्छ भनेर सर्वमान्ने नीतिको खाका तयार पार्नु कार्यशालको मुख्य उद्देश्य रहेको बताईएको छ ।
कार्यशालाका प्रमुख अतिथी प्रदेशसभा साँसद राजिव कोईरालाले स्थानीय तहको काँधमा सम्पूर्ण शिक्षा क्षेत्रको जिम्मेवारी आएकाले त्यसलाई बढि प्रतिफलमुखी बन्ने ठोस नीति बनाउने कार्यमा सवैले विशेष ध्यान दिनु पर्ने कुरामा जोड दिएका थिए ।
उक्त समारोहमा शिक्षा मन्त्रालयका प्रतिनिधि पदम विष्टले शिक्षा क्षेत्रलाई बढि जिम्मेवार र स्थानीय तहले पूर्ण स्वामित्व ग्रहण गर्दै प्रभावकारी शिक्षण सिकाई कार्यलाई उच्च प्रविधि एवम प्रतिफलमुखी तुल्याउन अव स्थानीय तहले बढि नै सचेत भएर काम गर्ने बेला आएको बताए ।
जिल्ला समन्वय समिति सुनसरी प्रमुख गोपालराज भण्डारीको अध्यक्षतामा भएको कार्यशालामा शिक्षा कार्यालयका पदम विष्ट,प्लान नेपालका प्रेम अर्याल, लिल्ला शिक्षा कार्यालयका उप सचिव दुर्गाप्रसाद खतिवडाले जिल्लाको शिक्ष अवस्था र भौतिक पूर्वाधार लगायतका विषयमा प्रस्तुती गरिएको थियो ।
साथै सो कार्यशालमा इटहरी उपमहानगर पालिकाकी उपमेयर लक्ष्मी गौतम धरान उपमहानगर पालिकाकी उप मेयर मञ्जु भण्डारी लगायतले आ आफ्ना धारणा राखेका थिए । साथै सो कार्यसालामा सुनसरीको उपमहानगर पालिकाका मेयर,उपमेयर, प्रशासकीय अधिकृत तथा गाँउपालिकाका अध्यक्ष,उपाध्यक्ष,शिक्षक लगायतहरुको सहभागता रहेको थियो ।

तपाईको प्रतिक्रिया