सुनसरी । एशियाली विकास बैकको सहयोगमा सुनसरीको बराह नगरपालिका क्षेत्रका चार हजार भन्दा बढी जनतालाई शुद्ध खाने पानी उपलब्ध गराउन थालेको छ ।

महेन्द्रनगर साना सहरी खानेपानी तथा उपभोक्ता संस्थाले चार हजार भन्दा बढी उपभोक्ताहरुलाई शुद्ध खानेपानी उपलव्ध गराउने गरी २०७२सालमा निर्माण कार्य सुरु गरेको खानेपानी टेंकीको निर्माण सम्पन्न भई पानी वितरण कार्य हुन थालेको हो । नमुना खानेपानी उपलव्ध गराउने लक्ष्य सहित एशियाली विकास बैकको ७०प्रतिशत र स्थानीय उपभोक्ताहरुको पाँच प्रतिशत र नगरविकास ऋणको २५प्रतिशत लागतमा निर्माण गरिएको खानेपानी योजना सम्पन्न भएपछि पहिलो चरणमा एक हजार ८ सय घरपरिवारलाई पानी पुर्याउदै आएको जनाइएको छ । नयाँ योजना भएका खानेपानीको धारा जोड्ने क्रम जारी रहेकाले केही समय भित्र लक्ष्य अनुसार उपभोक्ताहरुले धारा जडान गरिसक्ने संस्थका अध्यक्ष भवानी धिमालले जानकारी दिए । यस अघि कलबाट पानी तानेर खादै खाएका सो क्षेत्रका धेरै कलहरुबाट आसनीक मिसीएको पानी आउने गरेकोमा खानेपानी उपभोक्ता संस्थाले प्रवृधियुक्त तथा प्रशोधित पानी वितरण गर्न थालेपछि स्थानीयहरु समेत उत्साहित वन्न थालेको उनले वताए । सप्तकोशी नदीको आसपासमा रहेको महेन्द्रनगर क्षेत्रमा धाराबाट शुद्ध खानेपानी उपलव्ध हुन थालेपछि स्थानीयहरु समेत हर्सित हुन थालेका छन । यस भन्दा अघि आफुहरुले खानेपानी कलबाट तानेर खाने गरेकोमा परिक्षण गराउदा धेरै जसोमा आसनीक मिसिएको भेटीने गरेकोमा अव छुट्कारा पाइएको भन्दै स्थानीयहरु उत्साहित वन्न थालेको छन ।

तपाईको प्रतिक्रिया