इटहरी । नेपाली सेनाको पुर्वी पृतना हेडक्वाटर इटहरीमा प्रदेस नम्वर १को भुतपुर्व सैनिक सम्मेलनको अवसर पारेर आयोजना गरिएको स्वास्थ्य शिविरमा सोमवार सम्म जनाले स्वास्थ्य परिक्षण गराएका छन ।
सम्मेलन केन्दीत गत १८ गते देखि सञ्चालित स्वास्थ्य शिविरमा भुपु सैनिक ,बहालवाला सैनिक पारिवारिक निवृत्ति भरणमा रहेका २२सय १७ जनाको को स्वास्थ्य परिक्षण गरिएको थियो । भुपु तथा बहालवाला सैनिक पारिवारको लागि सञ्चालन गरिएको स्वास्थ्य शिविरका अवसरमा नेपाली सेनाको पुर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी गौरब तण्डुलले स्वास्थ्य शिविरमा परिक्षणका लागि आउने सैनिक तथा परिवारसंगै भेटघाट तथा अन्तरक्रिया समेत गरेका थिए ।

स्वास्थ्य शिविरमा बिभिन्न रोगका बिशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण,स्वास्थ्य सम्बन्धि परामर्श, शल्यक्रिया र निःशुल्क औषधी बितरण गरिएको जाननकारी दिइएको छ । सो स्वास्थ्य शिविरमा प्रदेश नम्वर १का सुनसरी, मोरगं,झापा ,इलाम, पाचथर र ताप्लेजुगका भुपु तथा बहालवाला सैनिक तथा सैनिक परिवारले स्वास्थ्य सेवा लिएको वताइएको छ । त्यसै गरि धनकुटा तेह्थुम संखखुवासभा र भोजपुरलाई लक्ष्ँित गरी यही फागुन २३ गते बाट २५ गते सम्म धनकुटाको हिले ब्यारेक र उदयपुर, खोटा¨,ओखलढुं¨ा र सोलुखुम्ुबु जिल्लामा बसोवास गर्नेहरुको लागि उदयपुरको भुल्के ब्यारेकमा फागुन २४ गते देखि २६ गते सम्म सहायक स्वास्थ्य शिविर संचालन हुने समेत जानकारी दिइएको छ ।

यसैगरि भूतपूर्व सैनिक सम्मेलनकै अवसरमा जनसम्पर्क तथा सुचना निर्देशनालयको संयोजकत्वमा इटहरी व्यारेकमा वृहत फोटो प्रदर्शनी समेत गरिएको छ । उक्त प्रर्दशनीमा नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म झल्काउने विभिन्न फोटोहरु राखिएका छन ।

तपाईको प्रतिक्रिया