मेघराज तामाङ

संखुवासभा । स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहका जनप्रतिनिधिलाई असहयोग गर्ने कर्मचारीलाई कारवाही गर्ने बताएका छन् । थपलियाले जनप्रतिनिधिलाई खुलेर सहयोग गर्न स्थानीय तहका कर्मचारीहरुसँग आग्रह गरे । संखुवासभा सदरमुकाम खाँदबारीमा शुक्रबारबाट सुरु भएको स्थानीय सरकार सञ्चालन तथा योजना तर्जुमा सम्बन्धि कार्यक्रममा उनले जनप्रतिनिधि र कर्मचारी बीच मनमुटाब हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको बताए ।
कर्मचारीको असहयोग भए जनप्रतिनिधिले चाहे अनुसार काम गर्न नसक्ने उनको भनाइ थियोे । सबैको साझेदारी र समन्वय बिना विकासका काम नहुने पनि उनले बताए । उनले १५ दिन भित्र स्थानीय तहमा कर्मचारी व्यवस्थापनको काम हुने दाबी पनि गरे ।
प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले जनताले दिएको मतको कदर गरेर विकासे काम गर्न सबैलाई आग्रह गरे । गौतमले मतदाता सामु दिएको विकासको प्रतिबद्धता सबैले पूरा गर्नु पर्ने बताए
कार्यक्रममा १० ओटै स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृतहरु सहभागि छन् । कार्यक्रम तीन दिनसम्म चल्ने छ ।

 

तपाईको प्रतिक्रिया