इटहरी । गाउँघरमा जल जमिन जङ्गल र अन्य विविध प्राकृतिक स्रोतलाई विषय बनाएर गाँउ घरमा हुने विवाद उत्पन्न भई घट्ना समेत हुन नपाओस भनेर मेलमिलाप गराउने उद्धेश्यले सहजकर्ताहरु लाई इटहरीमा एकहप्ते तालिमको आयोजना गरेको छ ।
विशेषगरी जल जमिन र जङ्गल सम्वन्धि तथा सिमा वा प्राकृतिक सम्पदा उपभोग सम्वन्धि विवाद र त्यसको संरक्षणमा सक्रिय प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रले आयोजना गरेको उक्त तालिममा सुनसरी जिल्लाका विभिन्न सामुदायिक बनसँग सरोकार राख्नेहरुको सहभागिता रहेको छ ।
लामो समयदेखि प्राकृतिक स्रोतसँग सरोकार राख्ने विवाद झै–झकगडालाई मिहिन रुपमा मिलाउँन सक्रिय माकुरा समुहमा सम्वद्ध सहजकर्ता तथा बनसँग उत्पन्न विवादलाई सवैसँग जितको अवस्थामा पु¥याउने उक्त तालिमको जिल्ला समन्वय समिति सुनसरीको उपाध्यक्ष कृष्णकुमारी विश्कर्माले उद्घाटन गरेकी थिन ।
सोही अवसरमा सुनसरी सामुदायिक बन उपभोक्ता महासङ्घका पूर्व अध्यक्ष रमेश बस्नेतले पनि प्राकृतिक स्रोतसँग सम्वन्धित रहेका मुद्दाहरुको मिलान गराउन क्रियाशील माकुरा समुहको सदस्यहरुको सकारात्मक अभ्यास र प्रयासले जटिल समस्या निकास पाउँदै आएकोमा खुशी ब्यक्त गरे ।
प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्रका संस्थापक उपाध्यक्ष हिमबहादुर डीसीले समस्याको मुद्दालाई केलाएर मिलाउने कार्यमा अभ्यस्ता माकुरा समुहका अधियानकर्मीहरुले झण्झटिलो न्याय प्रणालीमा सहज र सकारात्मक नयाय सम्पादनको उदाहरणीय कार्य गर्दै आएको बताए ।
उक्त अवसरमा सञ्चारकर्मी याम प्रधान कार्यक्रम अधिकृत कमल क्षेत्री प्राकृतिकि द्धन्द रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत ब्यक्ति कृष्णकुमारी राई लगायतले पनि तालिमको उदेश्यका विषयमा आ आफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया